मन्त्रीबाट मन्त्रालयमा छडके जॉच

IMG-20241017-WA0122

काठमांडू: खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालय एवं खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के अनुगमन गरेका छन्। नेपाल सरकारले प्रदान गरेको दसैं विदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन भइसक्दा समेत विभिन्न कार्यालयहरुमा कर्मचारीहरु उपस्थित नहुने गरेको गुनासो आउन थालेपछि मन्त्री यादवले हिजो (बुधबार) मन्त्रालय एवं विभागका सम्पूर्ण शाखाहरुमा छड्के अनुगमन गरेका हुन्।
उक्त अनुगमनका क्रममा खानेपानी मन्त्रालयमा ११ जना र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा दुई जना गरी १३ जना बिनासूचना अर्थात जानकारी बिना गैह्रहाजिर भएको पाईएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए। उनले भने,“मन्त्रीले आज अकस्मिक छड्के जाँच गरेका छन , सो क्रममा मन्त्रालय र विभागमा गरी १३ जना गैह्रहाजिर भएका भेटिका छन्। गैह्रहाजिर हुनुको कारण बुझनु पर्ने हुन्छ।”
यसैगरी मन्त्री यादवले छड्के जाँचका क्रममा मन्त्रालयमा तथा विभागमा हाजिरी अवस्थामा भेटिएका कर्मचारीहरुलाई काम गर्दा हुने गरेका समस्याका विषयमा जानकारी समेत लिएका थिए। उक्त छड्के अनुगमनका क्रममा मन्त्री यादवले काम गर्दाको समय होस् वा अन्य कुनै समयमा समस्या भएमा तत्काल आफुलाई जानकारी गराउन समेत कर्मचारीहरुलाई आग्रह गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement