साइकल र मोटरबाइक ठोकिँदा साइकल सवारको मृत्यु

Accident-Rep-Image-2

कालचिनी: मङ्गलबार राती प्रायः १० बजे निमती दोमोहनी क्षेत्रमा एउटा साइकल र मोटरबाइक ठोकिँदा हुँदा साइकल र मोटरबाइक सवार दुवैजनलाई निमती आउटपोस्टका पुलिसबलले उद्धार गरेर अलिपुरद्वार जिल्ला अस्पताल पुऱ्याएको थियो भने अस्पतालमा उपचाराधीन अवस्थामा साइकल सवार जयप्रकाश कुजूर उमेर ३८ को मृत्यु भएको पारिवारिक सुत्रबाट थाह लागेको छ।

अर्को मोटरबाइक सवार नितिश कार्जी पनि अस्पतालमा उपचार चलिरहेको पुलिस सुत्रले जनाएको छ। प्राप्त जानकारीअनुसार जयप्रकाश कुजूर निमती दोमोहनीमा आफ्नो पसल बन्द गरेर घर जानलाई साइकलमा सवार भएर गईरहेको बेला पछिल्तिरबाट आएको नितिश कार्जीको मोटरबाइकले ठोक्दा दुवै सड़कमा लड़ेको थियो। जयप्रकाश कुजूरलाई आशङ्काजनक अवस्थामा अस्पताल लगिए पनि उपचाराधीन अवस्थामा तिनको मृत्यु भएको घटनाले बुधबार आज निमती दोमोहनी क्षेत्रमा शोकको लहर छाएको स्थानीय बासिन्दाहरुले बताएका छन्। यता दुर्घटनाग्रस्त मोटरबाइक र साइकललाई निमती आउटपोस्टका पुलिसबलले जफत गरेर लगेको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement