कालचिनी: कालचिनी खण्डको उत्तर लोथाबारी हिन्दी हाइस्कूलमा रहेको पुरानो स्कूल बिल्डिङलाई भत्काएर नयाँ भवनको निर्माण कार्यमा निर्माणकारी संस्थाका ठेकदारले पुरानो बिल्डिङको इँटा व्यावहार गरेको अभियोग गर्दै बुधबार स्कूलका अभिभावकहरुले निर्माण स्थलमा आएर विरोध गरेको थियो। स्कूलका अभिभावकहरुले नयाँ इँटाको सट्टा स्कूलको पुरानो बिल्डिङको इँटा व्यावहार गर्दै घटिया मानको सिमेन्ट र बालुवा प्रयोग गरेर काम चलाईरहेको थाह पाएर नै यसको विरोधिता गरिएको र यसरी काममा धाँधली गर्न नपाईने दाबी अभिभावक र गाउँलेहरुले जनाएका छन्।
यता निर्माण ठेकदारले यो सबै आधारहीन आरोप भन्दै इँटा कहिले पुरानो नहुने तर्क दिएका छन्। उपरोक्त सम्बन्धमा स्कूलका भारप्राप्त सबिता सिंहले निर्माण कार्य राम्रै चलिरहेको र यसको निम्ति अभियन्ताले सबै निरीक्षण पनि गर्दै आईरहेको र यसको जानकारी कालचिनी बीडीओ समक्ष पनि पुगेको बताउँदै स्कूल बिल्डिङको काम राम्ररी सम्पन्न होस स्कूल र अभिभावक औ छात्रा सबैलाई राम्रो हुने जनाएकी छन्।









