कालचिनी: आबकारी विभाग अलिपुरद्वार र बीरपाड़ा सर्कलको संयुक्त अभियानमा मङ्गलबार राती कालचिनी खण्डको चुवापाड़ा नीचे लाईनबाट एउटा ठेक्काबाट ५० केस असम निर्मित व्हिस्की बरामद गर्न सफल भएको जानकारी प्राप्त भएको छ। आबकारी विभागले जनाए अनुसार बरामद व्हिस्की केवल असम राज्यमा मात्र बिक्रीको अनुमति रहेको तर अवैद्य तरीकाले असमको रक्सीहरु यसरी लुकाएर आउने गरेको गोप्य सूचनाको आधारमा अभियान चलाउँदा प्रायः ४५० लिटर अवैद्य असम निर्मित व्हिस्की बरामद भएको र यस सम्बन्धमा कसैलाई पक्राउ गर्न नसकिए पनि बरामद स्थलबाट एकजना विष्णु उराँव नामक व्यक्तिको आधारकार्ड बरामद भएकोले तिनको खोजी चलिरहेको बताएको छ।