गुवाहाटी: असममा शीघ्र नै १७ वटा ‘एकलव्य मोडल आवासीय विद्यालय’ निर्माण गरिनेछ भनि मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले जनाएका छन्। मुख्यमन्त्रीले सोशल मीडियाको माध्यमबाट भने, म तपाईहरूलाई हाम्रो शिक्षा क्षेत्रको लागि एउटा सुसमाचार दिन चाहन्छु।
भारत सरकारको जनजातीय ममिलाको मन्त्रालय अन्तर्गत असममा मोठ १७ वटा ‘एकलव्य मोडल आवासीय विद्यालय’-को निर्माण चाँड़ै गरिनेछ। ५० प्रतिशतभन्दा अधिक अनुसूचित जनजाति भएका ब्लकहरूलाई यस स्कूलको स्थापनाको लागि चयन गरिएको छ।
उनले अझ भने, चयनित स्थानहरूमा दलबाड़ी (बक्सा), खारधारा (बरपेटा), हावराघाट (कार्बी आंगलोंग), बेदलांगमारी (कोकराझाड़), अरदाओपुर (दिमा हसाओ), जालाह (बाक्सा), जोनाई (धेमाजी), उमरांगसो (डिमा हसाओ), फुलनी (कार्बी आंगलोंग), चिलनिजान (कार्बी आंगलोंग) तथा दुधनई (कार्बी आंगलोंग) सामेल छन्।