दार्जिलिङको सिंगताम चियाबारीस्थित ब्रिटिशकालीन बढ़ा कोठी जलेर नष्ट

IMG-20241014-WA0149

दार्जिलिङ: दार्जिलिङको सिंगताम चियाबारीस्थित ब्रिटिशकालीन बढ़ा कोठी जलेर नष्ट भएको छ। आज राती भएको भयावह अग्निकाण्डमा बन्द सिंगताम चियाबारीको ब्रिटिशकालीन बढ़ा कोठी जलेर स्वाहा भएको छ। मध्यरातमा लागेको आगलागीमा हाल हेरिटेज टि रिसोर्टको रुपमा सञ्चालित उक्त एक तले बढ़ा कोठी अहिले नष्ट भएको छ। घटनालाई केन्द्र गरेर विभिन्न प्रकारको अडकलबाजीहरु चलिरहेको भए तापनि ठोस कारण पत्तो लागेको छैन।

यस अघि गत २५ सेप्टेम्बरदेखि बन्दावस्थामा रहेको सिंगताम चियाबारीको छोटा कोठी गत ९ अक्टोबर यस्तै आगलागीमा परेर स्वाहा भएको थियो। घटनालाई लिएर फोेरेन्सिक जाँच गरिने दार्जीलिङ पुलिस सुपर प्रवीण प्रकाशले मिडिया रिपोर्टमा जनाएका थिए। पहाडमा २० प्रतिशत चिया बोनसको मागमा तयार चियापत्ती ढुवानीमाथि रोक लगाइएपछि क्यामेलिया टि कम्पनीअन्तर्गत रहेको सिंगताम चियाबारीका प्रबन्धकहरु ताला लगाएर भागेका थिए। यसबारे गत ४ अक्टोबर एएलसी दार्जीलिङमा बैठक डाकिए तापनि मालिक पक्षको अनुपस्थित मिटिङ फेल भएको थियो। दुई सातायता बन्द भएको कारण सरकारी एडभाइजरी हुँदा-हुँदै पनि सिंगताम चियाबारी क्षेत्रमा १६ प्रतिशत बोनस वितरण हुन सकेको छैन।

About Author

Advertisement