रक्षामन्त्री राजनाथ सिंहले भर्चुअल माध्यमद्वारा ‘प्रेरणा स्थल’ को उद्घाटन गरे

Rajnath-Singh-

गान्तोक: केन्द्रिय रक्षामन्त्री राजनाथ सिंहले आज शहीदहरूप्रति समर्पित ‘प्रेरणा स्थल’ को उद्घाटन डिजिटल माध्यमद्वारा गरे। सिङताम छेउ बरदाङमा स्थापित उक्त स्मारक गत वर्ष टिस्टा नदीमा आएको बाढको चपेटमा परेर बलिदान हुने २२ सैनिकहरूको सम्मानमा निर्माण गरिएको हो।कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रे​मसिंह तामाङ, विधानसभा अध्यक्ष र उपाध्यक्ष, मन्त्रीगण, विधायकगण, उप सेना प्रमुख एनएस राजा, सेनाका वरिष्ठ अधिकारीहरू, वीरगति प्राप्त जवानका परिवारहरू, राज्य सरकारका उच्च अधिकारीहरू आदि उपस्थित थिए। यस स्मारकको निर्माण राजभवन, सिक्किमको तर्फबाट बलिदान हुने जवानहरूको सम्मानमा गरिएको हो। प्रेरणा स्थलको उद्घाटन रक्षामन्त्री राजनाथ सिंहको बाहुलीद्वारा गरिने निर्धारित थियो, तर खराब मौसमका कारण रक्षामन्त्री कार्यक्रममा उपस्थित हुन सकेनन्। यद्यपि, रक्षामन्त्रीले भर्चुअल माध्यमद्वारा स्मारकको उद्घाटन गर्दै सैनिकहरूलाई श्रद्धा​ञ्जली अर्पित गरे।रक्षामन्त्रीले आफ्नो सन्देशमा भने, हाम्रा सैनिकहरूको बलिदान राष्ट्रप्रति उनीहरूका अटूट निष्ठा र समर्पणको प्रतीक हो। यस प्रेरणा स्थलले उनीहरूका वीरता र साहसको गाथालाई सदैव जीवित राख्नेछ र युवा पीढीको निम्ति प्रेरणा स्रोत बन्नेछ।राज्यपाल माथुरले प्रेरणा स्थललाई वीरगति प्राप्त जवानहरूप्रति श्रद्धाञ्जलीको प्रतीक बताउॅंदै भने, यो प्रेरणा स्थल हाम्रा ती वीर सैनिकहरूको वीरता र सर्वोच्च बलिदानको प्रतीक हो, जसको निम्ति देश र यसप्रति कर्तव्यनिष्ठा सदा सर्वोपरि रह्यो। उनीहरूका साहस र समर्पण सबै भारतीयहरूको निम्ति प्रेरणास्रोत हो।यस अवसरमा राज्यपालले वीर सैनिकका परिवारहरूलाई सम्मानित गरे र उनीहरूप्रति गहिरो समवेदना व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement