नाम्चीको चिल्ड्रेन्स होममा विशेष कार्यक्रम आयोजित

n63467206617286659591735d3a0a7c86e684010fc440b879b485eb3eb7dfd2551289675f79dd775057311b

नाम्ची: अन्तरराष्ट्रिय बालिका दिवसको अवसरमा महिला एवं बाल विकास विभागले आज नाम्चीको मायल ल्याङ चिल्ड्रेन्स होममा एक विशेष कार्यक्रम आयोजना गऱ्यो। यस वर्षको थीम ‘भविष्यका लागि बालिकाहरूको दृष्टिकोण’ माथि आयोजित यस कार्यक्रमले युवा कन्याहरूलाई प्रेरित गर्ने र सशक्त बनाउने लक्ष्य लिएको थियो।
कार्यक्रममा संजय राई मुख्य अतिथि थिए भने शिक्षक संजय सुब्बा, नोडल अधिकारी सोफिया लेप्चा र चिल्ड्रेन्स होमकी प्रभरी रश्मी राई पनि उपस्थित थिए। यस अवसरमा चिल्ड्रेन्स होमकी बालिकाहरूले नृत्यु, गीत, नाटक र अन्य गतिविधिहरू प्रस्तुत गरे।
नोडल अधिकारीले बेटी बचाऔं, बेटी पढाऔं पहल र अन्तरराष्ट्रिय बालिका दिवसको महत्वबारे जानकारी प्रदान गरिन्। उनले महिलाहरूको सशक्तिकरणमाथि बल दिॅंदै उज्जवल भविष्य सुनिश्चित गर्न प्रत्येक बालिकाहरूलाई समर्थन गर्नु आवश्यक रहेको बताइन्। मुख्य अतिथि राईले बालिकाहरूलाई ठूलो सपना देख्न प्रोत्साहित गरे। उनले बालिकाहरू स्वयंलाई भविष्यको नेताको रूपमा हेर्न प्रोत्साहन प्रदान गर्दै उनीहरूका भविष्यका प्रयासहरूको निम्ति शुभकामना व्यक्त गरे।

About Author

Advertisement