दुर्गाको प्रतिमा भत्काउने धम्कीमाथि शुभेन्दुले दिए चेताउनी

pjimage-5-3

अलिपुरद्वार: फालाकाटा शहरमा दुर्गा पूजाको मण्डपमा शंख, लाउडस्पीकर, ढाक बजाउँदा प्रतिमा भत्कादिइने धम्की दिइएकोमा विपक्षका नेता शुभेन्दु अधिकारीले कड़ा चेताउनी दिएका छन्।उनले भनेका छन्, यदि भारतीय जनता पार्टी (भाजपा)-को सरकार गठन भयो भने यस्ता उपद्रवीहरूलाई उल्टो झुण्डाइनेछ। शुभेन्दुले शुक्रवार सोशल मीडियामा एउटा भीडियो पोस्ट गर्दै कटाक्ष गरेका छन्।
शुभेन्दु अधिकारीद्वारा पोस्ट गरिएको भीडियोमा एकजना महिलालाई यसो भन्दै गरेको सुनिएको छ, ‘हामी साँझ आरती गरिरहेका थियौं। त्यसैबेला कसैले आएर भने, माइक बजाउनु बन्द गर….नत्र उनीहरूले यहाँको प्रतिमालाई भत्कादिइनेछन्। फालाकाटा नगरपालिकाको वार्ड नम्बर ४ र ७ बीचमा अवस्थित मिशन गेट क्षेत्र मुख्य रूपमा मुस्लिम बहुल क्षेत्र हो। अन्य वर्षहरू सरह यसपालि पनि स्थानीय युवा संघले त्यहाँ दुर्गा पूजा आयोजना गरेको छ। आरोप छ, सप्तमीको साँझ आरती गरिरहेको बेला केही स्थानीय मुस्लिमहरू त्यहाँ आए अनि धम्की दिनथाले। यस घटनालाई लिएर शुभेन्दु अधिकारीले लेखे, बंगलादेश जस्तै अब पश्चिम बंगालमा पनि यस्ता घटनाहरू भइरहेका छन्। दुर्गा पूजा अवधि पण्डालभित्र उलुम ध्वनि, शंख र यहाँसम्म कि ढाक पनि बजाउन सकिँदैन। यति मात्र नभएर माँ दुर्गाको मुर्ति भत्काइदिने धम्की दिइन्छ। अलिपुरद्वार जिल्लाको फालाकाटामा रेमण्ड मेमोरियल स्कूल सामु किशोर संघद्वारा आयोजित दुर्गा पूजाका आयोजकहरूको सिकायत आफै सुन्नुहोस्।उक्त पोस्टमा शुभेन्दु अधिकारीले लेखे, म पूजा समितिसित अनुरोध गर्दछु, उनीहरूले पुलिस थानामा सिकायत दर्ता गराउन्। जुन दिन पश्चिम बंगालमा सरकार बन्नेछ, त्यस दिन यी उपद्रवीहरूलाई उल्टा झुण्डाइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement