तीनधारेको बीस माइलस्थित उत्तर केशी सिंहदेवी मन्दिरमा आयोजित दुर्गा पूजालाई खरसाङ खण्डभरिमा प्रथम पुरस्कार प्राप्त

IMG-20241011-WA0253

खरसाङ: तीनधारेको बीस माइलस्थित उत्तर केशी सिंहदेवी मन्दिरमा आयोजित सार्वजनिक श्री श्री नव दुर्गा पूजा खरसाङ खण्ड अन्तर्गत रहेको पूजाहरूमध्ये प्रथम भएको छ। तीनधारेको बीस माइलस्थित उक्त दुर्गा पूजालाई सार्वजनिक रूपमा जनसाधारणलाई स्वास्थ्य विषयमा जागरूक गराउन गरेको पहलको लागि स्वास्थ्य बन्धब शरद सम्मान २०२४ मा प्रथम स्थान ओगट्न सफल भएको छ। खरसाङ खण्ड अन्तर्गत पर्ने दुर्गा पूजाहरूमध्ये तीनधारेको बीस माइलस्थित उत्तर केशी सिंहदेवी मन्दिरमा आयोजित दुर्गा पूजामा मानिसहरूलाई सचेतना गराउँदै विभिन्न स्वास्थ्य सम्बन्धित बोर्डहरू र होडिङ्गहरू लगाएका थिए। यसमा डेंगु सतर्कताको लागि सचेतनाता, कालो ज्वरो साथै स्वास्थ्य सम्बन्धी सचेतनाहरू लगाइएको थियो। यसको साथै साईबर क्राइम, मानव तस्करी, सेभ ड्राइभ सेफ लाइफ जस्ता सचेतनामूलक पोष्टरहरू पनि टाँसिएका थिए। त्यसैले खरसाङ खण्ड अन्तर्गत रहेका पूजाहरूमा तीनधारेको बीस माइलस्थित उत्तर केशी सिंहदेवी मन्दिरको पूजालाई प्रथम स्थान प्राप्त भएको छ।

उक्त प्रथम पुरस्कार प्रमाण पत्र खरसाङ खण्ड विकास कार्यालयका एकजना प्रतिनिधि साथै घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाको बाहुलीबाट आयोजक समितिलाई प्रदान गरिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement