मोरीगाउँ जिल्ला जेलबाट पाँच विचाराधीन कैदी फरार

448-252-22658922-thumbnail-16x9-assam

मोरीगाउँ(असम)::मोरीगाउँ जिल्ला जेलबाट शुक्रवार बिहानै पाँच विचाराधीन कैदी फरार भए। जेलको २० फूट अग्लो पर्खाल नाघ्न कैदीहरूले लुंगी र च्यादरको प्रयोग गरेको दाबी गरिन्दैछ।कैदीहरूलाई समाउन पुलिसले सघन छापामारी गरिरहेको छ। फरार कैदीहरूको पहिचान सैफुद्दीन, जियारूल इस्लाम, नूर इस्लाम, मफीदुल र अब्दुल रशीदको रूपमा गरिएको छ। पोक्सो मामिलामा यी सबै कैदीहरूमाथि मुकदमा चलिरहेको थियो। पाँचै कैदीले जेलभित्र बेरकको रड तोड़े औं बेरकबाट बाहिर निस्के।
जानकारी अनुसार, जेलको तर्फबाट कैदीहरूलाई उपलब्ध गराइएको कम्बल, लुंगी, च्यादरहरूलाई एकसाथ बाँधेर त्यसको सहयोगले जेलको लगभग २० फीट अग्लो पर्खाललाई नाघेर भागे। कैदीहरू आज बिहानै लगभग २ बजी फरार भएको थाहा लागेको छ। मोरीगाउँ पुलिस अधीक्षकले घटनास्थलमा पुगेर जाँच शुरू गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement