दुई पत्नीहरूमाथि पतिको हत्या गरेको आरोप

IMG-20240721-WA0134

जाेरहाट (असम):: जोरहाट जिल्लाको मेरापानीमा एक संदिग्ध हत्याको कारणले सन्त्रास व्याप्त भएको छ। आरोप छ, मेरापानी थाना अन्तर्गत पुलिबगान क्षेत्रमा दुईजना पत्नीहरूले आफ्नै पतिको हत्या गरिदिए।
मृतक सेनामा कार्यरत् थिए।पुलिस सूत्रले बतायो, अरूणाचल प्रदेशमा कार्यरत भारतीय सेनाका जवान बेनुधर बोरा एक महिनाअघि छुट्टीमा घर आएका थिए। गए राती उनको आफ्नै घरमा अचानक मृत्यु भयो। आफन्त अनि छिमेकीहरूले बेनुधरका दुई पत्नीहरूमाथि पतिको हत्या गरेको आरोप लगाएका छन्। आरोपमा भनिएको छ, बेनुघर बोराको मृत्यु पूर्वनियोजित हत्या हो। भनिन्छ, दुई पत्नी क्रमैले मयुरी बोरा र पिंकु बोराले लामो समयदेखिकै पति बेनुधरलाई मानसिक एवं शारीरिक रूपमा प्रताड़ित गर्दै आइरहेका थिए।
एक सिकायत अनुसार दुवै पत्नीमाझ समलैंगिकतालाई लिएर बेनुधरा बोराले विरोध गरेकोमा पत्नीहरूले उनलाई सताउने गर्दथे। बेनुधर बोरा प्रायजसो नै छुट्टीमा घर आउँदा आफ्नो घरको सट्टा बहिनीको घरमा बस्थे।स्मरण गराइन्छ, बेनुधर बोराकी पहिलो पत्नीबाट दुईजना छोरा र छोरी छन्। स्थानीय मानिसहरूको सूचनाको आधारमा मोरापानी पुलिसले घटनास्थलमा पुगेर जाँच गरिरहेको छ। यद्यपि यस मामिलामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन।

About Author

Advertisement