दश दिवसीय खाद्य प्रशाेधन क्लस्टर प्रशिक्षणको समापन

IMG-20240717-WA0003

गान्तोक: राज्य वाणिज्य एवं उद्योग विभागले सिङतामस्थित सरकारी फलफूल संरक्षण कारखाना (जीएफपीएफ) को संयुक्त तत्वावधानमा जीएफपीएफको सम्मेलन हलमा आज एक बिदाई कार्यक्रम आयोजन गऱ्यो।
खाद्य प्रशोधन क्लस्टरको निम्ति आयोजित प्रशिक्षणका सहभागीहरूका लागि आयोजित बिदाई कार्यक्रममा विभागका निदेशक एम. रवि कुमार मुख्य अतिथि थिए। प्रशिक्षणको शुरूवात गत २६ सेप्टेम्बरदेखि भएको थियो।मुख्य अतिथि निदेशक कुमारले आफ्नो सम्बोधनमा प्रशिक्षणको महत्वमाथि प्रकाश पार्दै प्रतिभागी सबै २० प्रशिक्षुहरूलाई बधाई दिए। उनले वर्तमान डिजिटल युगमा सबै प्रतिभागीहरूलाई आफ्नो उत्पाद बिक्री गर्न डिजिटल प्लेटफर्म उपयोग गर्न आह्वान गरे। उनले फेसबुक, इन्स्टाग्राम, वाट्सएप, जेम, अमेजन, फ्लिपकार्ट आदि जस्ता सोशल मिडिया र ई-कर्मस प्लेटफर्महरूको उपयोग गरेर आफ्नो उत्पादहरूको प्रचार प्रसार एवं बिक्री गर्न बल दिए।
उनले उत्पादहरूको प्याकेजिङमाथि पनि बल दिॅंदै आकर्षक प्याकेजिङको आवश्यकताबारे जानकारी गराए। उनले विभागले आगामी दिनहरूमा प्याकेजिङ, लेबलिङ आदि विधाहरूमा पनि प्रशिक्षण शुरू गर्ने योजना रहेको अवगत गराए। उनले राज्यका केही चयनित क्षेत्रहरूमा निर्यात सुविधा केन्द्रहरू स्थापना गर्ने बताउॅंदै यस सम्बन्धमा प्रक्रिया शुरू भइसकेको छ भने। उनले प्रत्येक प्रतिभागीहरूसॅंग अन्तरक्रिया गर्दै सबै प्रतिभागीहरूलाई अचार बनाउने गतिविधिलाई उच्च प्राथमिकता दिन प्रोत्साहित गरे।जीएफपीएफकी प्रबन्ध निदेशक चन्दारानी राईले सबै प्रतिभागीहरूलाई सफलतापूर्वक प्रशिक्षण पूरा गरेकोमा बधाई दिइन्। उनले पहिलोपल्ट जीएफपीएफले फलफूल प्रशोधनमाथि प्रशिक्षण आयोजना गरेको अवगत गराइन्। उनले सबै प्रशिक्षार्थीहरूलाई आश्वस्त गर्दै आफ्नो उत्पादनको निर्माणको लागि एफएसएसएआई मापदण्डहरू पालना गर्ने उत्पादकहरूलाई ‘सिकिम सुप्रीम’ ब्रान्ड अन्तर्गत मार्केटिङ उद्देश्यका लागि सामेल गरिने आश्वासन दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement