शिक्षाका साथै कला र शिल्पलाई पनि उतिकै महत्व दिनुपर्छ: सीईओ डेन्जोङ्गपा

n6343524961728497006850c0a7c278a01304ad95ff45a2a8fd206be88826e0007498fa3038725460ed1127

गान्तोक: जिल्लास्तरीय कला उत्सव मंगलवार राजधानीको सर टाशी नामग्याल उच्चतर माध्यमिक विद्यालयमा सम्पन्न भयो। शिक्षा विभागको समग्र शिक्षा अन्तर्गत जिल्ला परियोजना कार्यालयले आयोजना गरेको कला उत्सवको उद्देश्य विद्यार्थीहरूमा कला र शिल्प प्रवर्द्धन गर्नु रहेको छ।
कार्यक्रममा गान्तोक जिल्लाकी मुख्य शिक्षा अधिकारी (सीईओ) छिमी डोन्का डेन्जोङ्गपा, समग्र शिक्षाका एडी छुल्टिम नर्बु भोटिया र गान्तोक जिल्ला अन्तर्गत पॉंचवटा बीएसीका प्रतिभागी विद्यार्थीहरू उपस्थित थिए। छवटा विधामा आयोजित प्रतियोगिताको निम्ति निर्णायकहरूलाई आमन्त्रित गरिएको थियो।लोक एवं शास्त्रीय नृत्य, ड्रामा एक्टिङ, स्टोरी टेलिङका लागि बनिता लगुण र रजनी खाती निर्णायक थिए भने गायन एवं वाद्यवादन सङ्गीतका लागि सचिन गुरूङ तथा भिजुअल आर्ट्स एण्ड टोइजको निम्ति रवि रसाइली निर्णायक थिए।मुख्य शिक्षा अधिकारी छिमी डोन्का डेन्जोङ्गपाले आफ्नो सम्बोधनमा सबै प्रतिभागीहरूलाई शुभकामना दिॅंदै हार र जितको परवाह नगरि आफ्नो उत्कृष्ट प्रस्तुति दिन प्रोत्साहित गरिन्। उनले शिक्षाका साथै कला र शिल्पलाई पनि उतिकै महत्व दिन बल दिइन्। उनले कला उत्सवमा विभिन्न वर्गहरू सामेल गर्नुको उद्देश्य सबै विद्यार्थीहरूलाई आफ्नो कला प्रस्तुतिको निम्ति अवसर प्रदान गर्नु रहेको अवगत गराइन्।सबै प्रतियोगिताहरूमा विद्यार्थीहरूले आफ्नो उत्कृष्ट प्रस्तुति दिएका थिए।

विजेता र उपविजेता विद्यार्थीहरूलाई पुरस्कार वितरणको साथमा जिल्ला स्तरीय कला उत्सवको समापन भयो। यस कला उत्सवका विजेता विद्यार्थीहरूले चॉंडै आयोजना हुने राज्यस्तरीय कला उत्सवमा भाग लिने अवसर पाएका छन्।

About Author

Advertisement