सिङ्गल युज प्लास्टिकको प्रबन्धनबारे आयोजित कार्यशालाको समापन

IMG-20241009-WA0348

गान्तोक: दिगो जीवनशैली र एकल प्लास्टिकको प्रयोगलाई लिएर गत ७ अक्टोबरदेखि शुरू भएको तीन दिवसीय कार्यशालाको आज समापन भयो। सिक्किम सरकारको वन अनि पर्यावरण विभाग र पर्यावरण, जलवायु परिवर्तनको सहकार्यमा आयोजित तीन दिवसीय कार्यशालामा तीसवटा विद्यालयबाट एक सय पचास जना विद्यार्थी साथै शिक्षकवर्गले सहभागिता जनाएका थिए। देउरालीको वन विभागको प्रेक्षागृहमा आयोजित कार्यशालामा जिरो वेस्ट प्रबन्धनलाई प्रोत्साहन दिने उद्देश्यले विभिन्न प्रकारको गतिविधिको आयोजना गरिएको थियो। कार्यशालामा प्लास्टिक र अन्य प्रकारका फोहोरहरूलाई प्रयोगयोग्य सिर्जनाहरूमा अपसाइकल गर्ने, स्थानीय रूपमा उपलब्ध प्राकृतिक स्रोतहरूबाट सजावटी र प्रयोगयोग्य कला बनाउने र वातावरणको लागि जीवन शैलीको उद्देश्यहरू समावेश गरिएको थियो। कार्यशालाका लागि स्रोतवक्ताको रूपमा सिक्किम ब्लोसम्स, गान्तोक स्थित एक गैर सरकारी संस्था र विभागको प्रकोष्ठका अधिकारीहरू थिए। कार्यक्रममा विद्यार्थी र शिक्षकहरुले निकै जोशका साथ सहभागिता जनाएका थिए भने उत्कृष्ट विद्यालय टोलीलाई हातले बनाएको बाँसको सामग्री पुरस्कारको रूपमा प्रदान गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement