जो रुटको टेस्ट क्रिकेटमा विशेष उपलब्धि

IMG-20241009-WA0335

मुल्तान: ईंग्ल्याण्डका स्टार ब्याटर जो रुटले बुधवार मुल्तान क्रिकेट स्टेडियममा पाकिस्तानविरुद्ध पहिलो टेस्ट म्याचको अवधि विशेष उपलब्धि हासिल गरे। रुटले टेस्ट म्याचको तेस्रो दिन ईंग्ल्याण्डका पूर्व कप्तान एलिस्टेयर कुकको रेकर्ड तोड़े। कुकले ईंग्ल्याण्डको तर्फबाट १६१ वटा टेस्ट म्याचमा १२४७२ रन बनाएका थिए। आज कुकको रेकर्ड तोड़्नको साथै रुट ईंग्ल्याण्डको तर्फबाट टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाड़ी बने। जो रुटले आज दोस्रो दिनको व्यक्तिगत स्कोर ३२ रनदेखि अघि खेल्न शुरु गरे अनि उनलाई कुकको रेकर्ड तोड़्न केवल ३९ रनको आवश्यकता थियो। उनले अघि बढ़ेर असाधारण अन ड्राइव शट् खेलेर कुकको रेकर्ड तोड़े। दाहिने हातका ब्याटरले केवल १४७ वटा टेस्ट अनि २६८ वटा ईनिंग्समा यस उपलब्धिलाई हासिल गरे जबकि कुकले १६१ वटा टेस्ट र २९१ वटा ईनिंग्स खेलेका थिए। रुटले आज आफ्नो ईनिंग्सलाई अघि बढ़ाउँदै शतक पनि बनाए। यो उनको टेस्ट क्रिकेटमा ३५औं शतक हो। तेस्रो दिनको खेल समाप्त हुँदासम्म रुट १७६ रनमा अविजित रहे। टेस्ट क्रिकेटको इतिहासमा सर्वाधिक रन बनाउनेहरूका सूचीमा अहिले रुटभन्दा अघि केवल सचिन तेन्दुलकर, रिकी पोण्टिंग, दक्षिण अफ्रिकाका ज्याक कलिस र राहुल द्रविड़ रहेका छन्। यसअघि रुटले अगस्तमा श्रीलंकाविरुद्ध लर्ड्स टेस्ट म्याचको अवधि आफ्नो ३३औं र ३४औं शतक बनाएर यस प्रारूपमा ईंग्ल्याण्डको तर्फबाट सर्वाधिक शतक बनाउने कुकको रेकर्ड तोड़ेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement