३०१ ग्राम हेरोइनको साथमा एकजना तस्कर पक्राउ

6704f62997c71-assam-major-drug-bust-in-boko--301-grams-of-heroin-seized-080648779-16x9

गुवाहाटी: असम पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ)- ले बोको थाना क्षेत्रस्थित दीक्षिता होटल नजिक छापा मारेर एकजना तस्करलाई पक्राउ गरेको छ। जाँच गर्दा तस्करको कब्जाबाट ३०१ ग्राम हेरोइन जफ्त गरिएको छ। पुलिस अनुसार एनडीपीएस एक्टको एउटा मामिलमाा भइरहेको अनुसन्धानको सिलसिलामा एसटीेफ असमले दीक्षित होटल नजिक छापा मारेर तामुलडी, बोको, कामरूप निवासी हामिद अलीलाई पक्राउ गऱ्यो। छापामारीमा एउटा बोलेरो वाहन (एएस-२६ए-००२०), एउटा मोबाइल फोन तथा आठ हजार रुपियाँ पनि जफत गरियो। आरोपीले बताए अनुरूप बोको थाना क्षेत्रको बोरपारास्थित पक्रा पर्ने आरोपी हामिद अलीको भाड़ा (सरत राभा, घर मालिक)-को घरमा खानतलासी गरियो। त्यहाँबाट एउटा साबुनको डब्बामा संदिग्ध हेरोइन भेटियो जसको वजन ११ ग्राम रहेको छ। यस अतिरिक्त २२० वटा शीशिहरूमा भरिएको २९० ग्राम हेरोइन पनि जफत गरियो। यसरी मोठ ३०१ ग्राम हेरोइन जफत गरिएको छ।

About Author

Advertisement