सासंद राजु विष्टद्वारा दार्जिलिङ लोकसभा क्षेत्रको पैह्रोग्रस्त विभिन्न क्षेत्रहरूको भ्रमण

IMG-20241008-WA0267

खरसाङ: दार्जीलिङका सांसद राजु विष्टले मंगलवार आफ्नो संसदीय क्षेत्र अन्तर्गत विभिन्न स्थानहरूको भ्रमण गरेको जानकारी प्राप्त भएको छ। तिनले बिजनबारी-रिम्बिक-लोधोमा क्षेत्र अन्तर्गत पैह्रोले क्षतिग्रस्त स्थानहरूको भ्रमण गरे। विष्टले एक विज्ञप्तिमार्फत जनाए अनुसार तिनले दार्जीलिङदेखि बाँसबोटेसम्मको सडकमा धेरै ठूला-साना पहिरोहरू देखेको बताएका छन्। प्रशासनले यी सडक सफा गर्न पहल नगर्दा स्थानीय बासिन्दा तथा दैनिक यात्रुलाई निकै समस्या भएको अवगत गराएका छन्। तिनले कैञ्जले बजार, झेपी, तल्लो लामा गाँउलगायत छेउछाउका धेरै ठाउँमा घर, खेतबारी, मन्दिर, सडक खण्डमा क्षति पुगेको पनि बताएका छन्। विष्टले भनेका छन्-लगातारको वर्षाका कारण आफ्नो गाउँको माथिल्लो भागमा परेको ठूलो दरारको कारण लोधोमा शान्ति रोडका बासिन्दा निकै चिन्तित छन्।

उनले आफ्नो भ्रमण विषयमा प्रेस विज्ञप्तिमा भनेका छन्, “मैले प्रशासनिक अधिकारीहरूसँग कुरा गरेको छु र क्षेत्रको स्थिरता मूल्याङ्कन गर्न जियोलोजिकल सर्भे अफ इन्डिया (जीएसआइ) द्वारा भू-प्राविधिक र प्राकृतिक जोखिम अध्ययनहरू गर्न अनुरोध गरेको छु। मलाई डर छ कि यदि समयमै कदम चालिएन भने, हामीले विनाशकारी घटनाको सामना गर्न सक्छौं, जसको परिणामस्वरूप जीवन, पूर्वाधार र सम्पत्तिको ठूलो क्षति हुन सक्छ। यदि क्षेत्र अस्थिर मानिएको छ भने राज्य सरकारले हालका बासिन्दाहरूलाई पुनर्स्थापना गर्न, उनीहरूलाई वैकल्पिक जग्गा उपलब्ध गराउन र उनीहरूको स्थानान्तरणको लागि आर्थिक सहयोग गर्न आवश्यक कदम चाल्नु आवश्यक छ।’

तिनले अघि भने, “दार्जीलिङ खानाको टोकरी” भनेर चिनिने यो सम्पूर्ण क्षेत्रले जैविक सागसब्जी, कोदो, मकै र पहाडी धानका प्रजातिहरू सहित केही स्वस्थकर खाना उत्पादन गर्छ। बिजनबारी, पुलबजार, गोक, कैञ्जले, झेपी, लोधोमा, बाँसबोटे, रिम्बिक, सिरीखोला, रमण, गोर्खेलाई समेटिएको बिजनबारी उपत्यकाको आर्थिक महत्वलाई नकार्न सकिँदैन। तर विडम्बनाको आजसम्म पनि पश्चिम बङ्गाल सरकारले पीडितलाई राहत र सहयोग गर्न सकेको छैन। यो सीमावर्ती क्षेत्र भएकाले यी अत्यावश्यक समस्याहरूलाई सम्बोधन गर्न प्रशासनको स्पष्ट अनुपस्थितिले म चिन्तित छु।’

उनले अझ भने, ‘म जिल्ला प्रशासनलाई हाम्रो क्षेत्रको पहिरोको पूर्ण सूची तयार गर्न आग्रह गर्दछु, ताकि हामी राज्य र केन्द्र सरकारको सहयोग लिन सकून्, पहिरो पीडितहरूलाई यथाशीघ्र सहयोग गर्न सकियोस्।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement