महिला तथा बाल विकास विभागको आयोजनामा नौपगाउँमा सचेतनामूलक कार्यक्रम सम्पन्न  

00-1-Girls-Program-1

पाक्योङ: छोरीबचाऊ छोरी पढाउको पहल अन्तर्गतको १० दिने कार्यक्रम अन्तर्गत महिला तथा बाल विकास विभागले नौपगाउँ आईसीडीएस केन्द्रमा सचेतनामूलक कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा उपनिर्देशक तथा समाज कल्याण अधिकारी श्रीमती डिकित लेप्चाले बालिका सशक्तिकरणको महत्वलाई जोड दिइन्l ११ अक्टोबरमा अन्तर्राष्ट्रिय बालिका दिवसमा सम्पन्न हुने १० दिने कार्यक्रमको बारेमा जानकारी दिइन्।

कार्यक्रममा आईसीडीएसका बालिकाहरुद्वारा रंगारंग परम्परागत फेसन शो र र्‍याम्प वाक गरियो। सिक्किमका तीन ठूला जातीय समुदायको परम्परागत पहिरन लगाएर बालिकाहरूले उत्साहपूर्वक भाग लिए। यस कार्यले उनीहरूलाई आफ्नो राज्यको विविध सांस्कृतिक भेषभूषाको बारेमा जान्न र यसको प्रशंसा गर्नेबारेमा प्रोत्साहित गर्यो। बालिकाहरूले अन्तर्राष्ट्रिय बालिका दिवसको विषय ‘गर्ल्स भिजन फर द् फ्युचर’लाई मोडलिङको रुपमा प्रयोग गरेर रचनात्मक प्रदर्शन गरे। सबै सहभागी बालिकाहरूलाई स्मृति चिन्ह प्रदान गरिएको महिला तथा बाल विकास विभाग पाक्योङ जिल्लाद्वाराजारी गरिएको एक प्रेस विज्ञप्तिमा बताइएको छl  

About Author

Advertisement