जलपाईगढी: एक पूजाको उद्घाटन गर्न जलपाईगढी आएका जिल्ला पुलिस अधीक्षकले भने, ‘तपाईंहरूले दुर्गा पूजाको आनन्द लिनुहोस्, जिल्ला पुलिस प्रशासन सधैं तपाईंको साथमा छ। पुलिसले सक्दो सहयोग गर्नेछ। तर यसका साथसाथै ट्राफिक नियमको पालना गर्नु जरुरी छ। दुर्गा पूजाको समयमा पुलिसले लागू गरेको नियमको पालना गर्नुहोस्। हेल्मेट लगाएर मात्र मोटरसाइकल चलाउनुहोस्। पुलिस प्रशासन तपाईलाई मद्दत गर्न सधैं तयार छ।‘ जलपाईगढी असममोर तारापाडा दुर्गा पूजा समितिको पूजा हिजो राति शुरु भयो। सोमबार राति पूजाको उद्घाटनमा राजगञ्ज विधायक खगेश्वर राय, सदर डिभिजन शासक तमजीत चक्रवर्ती, उपाध्यक्ष सैकत च्याटर्जी र अन्य धेरै उपस्थित थिए। यस अवसरमा जलपाईगढीका पुलिस अधीक्षक उमेश खाण्डबहाले पनि उपस्थित थिए र उनले सबैलाई ट्राफिक नियम पालना गर्न आग्रह गरे। यस वर्ष पुजा समितिको नारा ‘चाइना हाथे उमा’ रहेको छ।










