सिलगढी: लगभग ३० लाख रूपियाँ मूल्यको ब्राउन शुगर तस्करी गर्न अगावै पक्राउ गरिएको छ। यस घटनामा एकजना महिलालाई एनजेपी थाना पुलिसले पक्राउ गरेको छ। पक्राउ पर्ने महिला कामना सरकार जलपाइगढी निवासी हुन्। तथापि हाल तिनी सिलगढीको अशीघ्रमा किरायको घरमा बस्दै आइरहेकी थिइन्। जानकारीअनुसार कामना सरकार २६० ग्राम ब्राउन शुगर लिएर मालदाबाट सिलगढी आइपुगेकी थिइन्। यसपछि उक्त महिला ब्राउन शुगर लिएर सिलगढीको नौकाघाट मोड़मा कसैलाई पर्खिरहेका थिए। यस अवधि गोप्य सूचना पाएर एनजेपी थाना पुलिसले अभियान चलाएर महिलालाई ब्राउन शुगरसहित पक्राउ गरे। पक्रा पर्ने महिलालाई आज बुधवार जलपाइगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा पठाइएको छ।