अनित थापाले बंगालबाट सहुलियत होइन ऋण बोकेर आएका छन: थापा

मिरिक: गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यापाल अनित थापाले बंगालबाट सहुलियत होइन ऋण बोकेर आएका छन, त्यसैले अनित थापाको अनुहार अँध्यारो छ” यस्तो भनाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव ऋषि थापाको हो। मिरिकमा नागरिकता तथा सम्झौता दिवस पालन गर्न आइपुगेका थापाले संचार माध्यमसित कुराे गर्दै जिटिएलाई बंगालले छ सय सत्तर करोडको ऋण बोकाएर पठाएको बताएका छन। तिनले जीटीए असंवैधानिक ब्यावस्था रहेकाे कारणले यसबाट जनताले ठूलाे आशा गर्न नहुने बताँउदै राज्य सरकारकाे कृपादृष्टिमा थापिएकाे जीटीएले जनताकाे सपना कहिले पूरा गर्न सक्दैन भने। अर्कोतिर थापाले हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसको नाम नलिइकन संविधानको आठौ अनुसुचिमा मान्यता पाएको नेपाली भाषामाथिको टिप्पणीको प्रसंग उठाउदै माल पाएर चाल नपाएको प्रवृत्ति कतिपय गोर्खा नेताहरुमा यथावत रहेको बताए। एकातिर सिलगढी उता नेपाली भाषा चल्दैन भन्ने अनि अर्कोतिर भाषा मान्यता दिवस भव्य मनाउने भन्दै थापाले एडवर्डसको खोइरो खने। यसैक्रममा थापा केन्द्र सरकारले पहाडको सन्दर्भमा ठोस पहल चाल्नेमा आशावादी पनि देखिए।

About Author

Advertisement