खेचीपेरीमा ट्री लाइब्रेरीको उदघाटन

IMG-20241007-WA0258

गान्तोक: खेचीपेरी सिनियर सेकेण्डरी स्कूल ट्री लाइब्रेरीको उद्घाटन गरियो। यस कार्यक्रम सम्पूर्णता अभियानको समपन अवसरमा भएको थियो। कार्यक्रममा गेजिङ जिल्लाका जिल्लापाल यशे डी योङडा मुख्य अतिथिका रुपमा उपस्थित थिइन्। जसमा ७२ बिएन एसएसबी योक्सोमका कमाण्डेन्ट मुन्ना सिँह, महकुमा अधिकारी सीएस सुब्ब र, योकसोम, सहकारिता विभागका सहनिर्देशक लाडेन जेन्सापाको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा आँगनवाडी कार्यकर्ताहरुले बेटी बचाओ बेटी पढाओ योजनाको जानकारी सहित विभिन्न पौष्टिक खानाबारे सचेतना गराएका थिए। कार्यक्रममा खेचीपेरी बाँस हाउसद्वारा विभिन्न उत्पादको प्रदर्शन राखिएको थियो। सम्बोधन गर्ने क्रममा जिल्लापाल योङदाले भविष्यलाई नयाँ आकार दिन शिक्षाको मुख्य भूमिकाबारे जोड दिइन्। उनले भर्खरै उद्घाटन गरिएको ट्री लाइब्रेरीको महत्त्वलाई जोड दिँदै विद्यार्थीहरूको पढ्ने बानीलाई बढावा दिन र प्रोत्साहित गर्ने उद्देश्यले पुस्तकहरूको विविध चयन गरिएको उल्लेख गरिन्। योङदाले पुस्तकालयका धेरै पुस्तकहरूले प्रोत्साहित गर्ने बताइन्। सम्पूर्णूता अभियान समपन समारोहको अवसरमा आयोजित कार्यक्रममा विभिन्न ब्लकका अधिकारीहरुलाई प्रशंसा पत्र हस्तान्तरण गरियो। सो अवसरमा सहकारी विभागको मोबाइल साझा सेवा केन्द्रको उद्घाटन समेत गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement