खरसाङ: खरसाङ खण्ड अन्तर्गत रहेको तराइको दुधेमा यसपल्ट पनि सार्वजनिक रूपमा दुर्गा पूजा गरिने भएको छ। यसबारे जानकारी दिँदै पूजा आयोजक समितिको पक्षबाट दिपक प्रधान अनि सन्तोष तामाङले उक्त पूजा अनुष्ठानमा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई उपस्थित भएर पूजाको शोभा बढाइदिने आग्रह गरेका छन्। तिनीहरूले यहाँ पूजा अनुष्ठानसँगै विविध रंगारग कार्यक्रम पनि हुने जनाउँदै विषेषगरी अष्टमी अनि नवमीको दिन उक्त रंगारंग कार्यक्रम हुने जानकारी दिएका छन्। तिनीहरूले हाल यहाँको माताको मन्दिरमा हाल माताको आराधनासँगै प्रत्येक दिन चण्डी पाठ आदि भइरहेको जनाउँदै यस सार्वजनिक पूजा स्थलमा भने तीनसम्म माताको प्रतिमा ल्याएर थप पूजा अनुष्ठान गरिने जनाए। यस वर्ष लगातार दुइ दिन यहाँ विविध रंगारग कार्यक्रम पनि गरिने जनाउँदै सबैलाई उपस्थित भएर पूजाको शोभा बढाइदिने आग्रह गरेका छन्। यस पूजा अनुष्ठान गर्न अझ धेरैको सहयोगको आवश्यकता परेको हुँदा सबैले खुलेर सहयोग पनि गरिदिने अनुरोध पनि गरेका छन्।








