लङ्भ्यूको चिलाउनेधुरामा तीन दिवसीय पूजा अनुष्ठान

IMG-20241007-WA0227

मन्दिरको तल्लो भागबाट पेह्रो गएकोले भक्तजनलाई असुविधा

खरसाङ: खरसाङ खण्ड अन्तर्गत लङ्भ्यू चियाबगानको चिलाउनेधुरामा अवस्थित तीनकन्या देवी मन्दिरमा सोमबारदेखि तीन दिवसीय प्राण प्रतिष्ठा एवम् पूजा-यज्ञको कार्यक्रम सम्पन्न भइरहेको छ। यस पूजा अनुष्ठानबारे जानकारी दिँदै मुख्य पुरोहित राजेश शर्माले जानकारी गराउँदै यस वर्ष यहाँ माताको पूजा आराधना बाहेक माताको पुरानो प्रतिमालाई विग्रह गरी नयाँ प्रतिमाको पुनःस्थापना गर्दै यसको प्राण प्रतिष्ठा गरिने जनाए। तिनले मन्दिरको तल्लो भागबाट पैह्रो जाप थालेपछि यहाँ पूजा अर्चना गर्न आउने भक्तजनहरूलाई धेरै असुविधा भएको औ सबैले यहाँ असुरक्षित अनुभव गरिरहेको जनाउँदै यस मन्दिरको जीर्णोद्धार गर्न सबैले सहयोग गरिदिने आग्रह पनि गरेका छन्। त्यसरी पूजा आयोजक एवम् मन्दिर सञ्चालन समितिको पक्षबाट राजु प्रधान अनि शरद घिसिङले तीन दिवसीय पूजा अनुष्ठान तथा वर्तमान मन्दिर परिसरको अवस्थाबारे जानकारी दिएका छन्। तिनीहरूले प्रायः सय वर्षभन्दा पनि पुरानो यस मन्दिरको मुन्तिर भाग पैह्रो जान थालेकोले स्थानीय ग्रामवासी अनि श्रद्धालु भक्तजनहरूलाई धेरै असुविधा भइरहेको औ यहाँ पूजा अर्चना गर्न आउनेहरूले हाल धेरै असुरक्षित अनुभव गरिरहेको बताउँदै यसको जीर्णोद्धार गर्नको निम्ति सबैले सहयोग गरिदिने आग्रह गरेका छन्। तिनीहरूले यसअघि मन्दिरको जीर्णोद्धार गरिदिन जसले पनि वचन दिएका थिए उनीहरूलाई मन्दिरको हालको अवस्थाबारे पुनः स्मरण गराउँदै जतिसक्दो चाँडो पैह्रो गएको स्थानलाई असल ढंगमा निर्माण गरिदिए सम्पूर्ण ग्रामवासी आभारी रहने पनि जनाए। यहाँ यसरी प्रत्येक वर्ष तीन दिन भएपनि पूजा अनुष्ठान गरिनाले ग्रामवासी अनि यहाँका बाल-बालिकाहरूमा एउटा सकारात्मक प्रभाव पर्ने औ धर्म अध्यात्म प्रति रूचि बढ्ने हुनाले यहाँका प्रत्येक वर्ष यसरी पूजा अनुष्ठान गरिने गरेको जनाउँदै यद्यपि यस कार्यमा सबैले सहयोग पुऱ्याइ रहेको पनि जनाए। सम्पूर्ण ग्रामवासी एवम् विश्व शान्ति तथा भातृत्वको निम्ति गरिने यस तीन दिवसीय पूजा अनुष्ठानको समापन बुधवार गरिने जनाउँदै यस अनुष्ठानमा सबैलाई उपस्थित भएर माताको आर्शिवाद ग्रहण गर्ने आग्रह पनि मन्दिर सञ्चालन समितिका प्रतिनिधिहरूले गरेका छन्।

About Author

Advertisement