सिलगढी: सिलगढीमा विभिन्न पूजा मण्डपको उद्घाटन हुँदैछ। यसै सिलसिलामा आइतबार राति सिलगढी शहरको प्रधान नगरमा रहेको नबाङ्कुर संघको पूजा मण्डपको उद्घाटन गरिएको थियो। कार्यक्रमको उपस्थित अतिथिहरुले उद्घाटन गरेका थिए। सिलगढी नगर निगमका मेयर गौतम देव, उपमेयर रञ्जन सरकार र अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए। यो आफ्नो ५३औं वर्ष पुजा भएको आयोजकले बताए। ताज होटलको थिममा निर्माण गरिएको पूजा मण्डपले दर्शकलाई निकै आकर्षित गरिरहेको छ।









