भद्रपुर: मोरङको रंगेलीमा सोमबार दिउँसो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। २ जना घाइते भएका छन्।
प्रहरीका अनुसार रंगेली नगरपालिका-१ स्थित भित्री सडक खण्डमा प्रदेश १-०४-००१ त १००४ नम्बरको ट्याक्टरले को ६ प ६५४६ नम्बरको मोटरसाइकललाई दिउँसो १२ः३० बजेतिर ठक्कर दिएको हो। ट्याक्टरले ठक्कर दिएपछि अनियन्त्रित बनेको मोटरसाइकलले पैदलयात्री धनपालथान गाउँपालिका-६ का ४५ वर्षीय सिटुरु ऋषिदेवलाई ठक्कर दिएको थियो।
ठक्करबाट उनी गम्भीर घाइते भएका छन्। दुर्घटनामा ऋषिदेवसहित मोटरसाइकल चालक धनपालथान-१ का ४५ वर्षीय रामबहादुर माझी थारु र पछाडि सवार उनकै पत्नी अन्दाजी ३६ वर्षीया मंगली चौधरी घाइते भएका थिए।
मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीलेघाइतेमध्ये गम्भीर अवस्थाका माझीको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको जानकारी दिए। उनका अनुसार ऋषिदेवको अवस्था गम्भीर र चौधरीको सामान्य छ।
दुवै जनाको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर र चालक धनपालथान-४ का २० वर्षीय रविन मण्डललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।










