नशामुक्त सिक्किमको सन्देश दिँदै पाक्योङमा ब्याडमिन्टन प्रतियोगिता

IMG-20241007-WA0266

पाक्योङ: नशामुक्त भारत अभियानअन्तर्गत नशामुक्त सिक्किम पहलको एक भागको रूपमा आयोजना गरिएको पहिलो अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता पाक्योङको भारतीय विमानस्थल प्राधिकरणद्वारा प्रायोजित निर्माण भइरहेको इन्डोर हलमा समापन भयो। प्रतियोगितामा कृषि, बागवानी विभागीय मन्त्री पूरण गुरुङ मुख्य़ अतिथि थिए। साथै विधायक पामिन लेप्चा, एसके सिँहको उपस्थिति रहेको थियो। ब्याडमिन्टन एसोसिएसन अफ पाक्योङको आयोजनामा ५ देखि ६ अक्टोबरसम्म चल्ने यो दुईदिवसीय प्रतियोगितामा जिल्लाभरिका २४५ जना खेलाड़ीको सहभागिता रहेको थियो। ब्याडमिन्टनलाई युवा र वयस्क दुवैका लागि आयोजन गरिएको थियो। लागुपदार्थ दुरुपयोगका हानिकारक प्रभावहरूबारे चेतना फैलाउने कार्यक्रमको मुख्य उद्देश्य राखेर नशामुक्त भारत अभियानअन्तर्गत नशामुक्त सिक्किमको सन्देश दिएको थियो। प्रतियोगितामा पाक्योङ, सेन्ट्रल पान्डाम, माझीटार, डुगा, आसमलिङ्जे, रंगेली फदम्चेन र रम्फूका ब्याडमिन्टन संघको सहभागिता रहेको थियो।

About Author

Advertisement