सरकारी कर्मचारीहरूको आजदेखि लगातार १६ दिनको अवकाश

640px-Emblem_of_West_Bengal_(2018-present).svg

कोलकाता: पश्चिम बंगालका सरकारी कर्मचारीहरूको यस दसैँको मौसममा छुट्टी शुरू भएको छ। सरकारी कर्मचारीहरूले शनिवारदेखि लगातार १६ दिनसम्म छुट्टीको आनन्द उठाउन सक्नेछन्।
यस वर्ष दुई अक्टोबरमा गान्धी जयन्ती र महालय एकै दिन परेकाले कर्मचारीहरूको एउटा छुट्टी गए पनि आगामी १६ दिनको छुट्टीले यस नोक्सानको भरपाइ गर्नेछ। यस अतिरिक्त आगामी ३१ अक्टोबर काली पूजाको छुट्टी पनि रहनेछ। यस महिनाको छुट्टी पाँच र छः अक्बोटरदेखि शुरू भइरहेको छ। त्सपछि सात अक्टोबरदेखि दुर्गा पूजाको छुट्टी शुरू भएको छ जुन आगामी १५ अक्टोबरसम्म रहनेछ भने १६ देखि १८अक्टोबरसम्म लक्खी पूजाको छुट्टी रहनेछ। पूजाको यस लामो छुट्टीमा सरकारी कर्मचारीहरूले परिवारसित घुम्न जाने योजना बनि बनाउन सक्नेछन् जसको लागि भिन्नै छुट्टी लिने आवश्यक्ता पनि पर्नेछैन।
यद्यपि पुलिस र अन्य आवश्यक सेवाहरूमा खटिएका कर्मचारीहरूलाई अहिलेघरि छुट्टी प्राप्त हुनेवाला छैन। उनीहरूको कठिन परिश्रमको कारणले नै आम जनताले ढुक्क भएर आफ्नो छुट्टीको आनन्द उठाउन सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement