मिडियालाई पूर्वोत्तरको दूत बन्न उपराष्ट्रपतिको आग्रह
नयाँ दिल्ली: भारतका उपराष्ट्रपति जगदीप धनखडले पूर्वोत्तरलाई भारतको हृदय अनि आत्मा ठहर गर्दै सञ्चार माध्यमले क्षेत्रको पर्यटन अनि विकास सम्बन्धी सम्भावनाको पक्ष लिन आग्रह गरे। पूर्वोत्तर भौगोलिक क्षेत्र मात्र नभएर भारतको मूलतत्त्व प्रतिनिधित्त्व गर्ने जीवन्त संस्कृति, परम्परा अनि प्राकृतिक सौन्दर्यको चित्रपट रहेको कुरामाथि उनले बल दिए। प्रतिदिन मिडिया नेटवर्कद्वारा नयाँ दिल्लीमा आयोजित “दी कन्क्लेभ २०२४” मा प्रमुख वक्ताका रूपमा बोल्दै उपराष्ट्रपति धनखडले सरकारको “एक्ट ईस्ट पोलिसी”को रूपान्तरणकारी प्रभावका साथै राष्ट्रिय विमर्शलाई स्वरूप प्रदान गर्न मिडियाको महत्त्वबारे पनि प्रकाश पारे। न्यूजिल्याण्ड, स्वीजरल्याण्ड र स्कटल्याण्ड मिलाउँदा पनि पूर्वोत्तरको श्रीसम्पत्तिभन्दा कम्ति पर्नजानेछ। क्षेत्रको प्रत्येक राज्य आगन्तुक, पर्यटक अनि स्थानीयहरूका लागि बैकुण्ठ बराबर छ। कनेक्टिभिटीमा सुधार ल्याउन दिइएको प्राथमिकता क्षेत्रको निम्ति खेल परिवर्तक साबित भएको छ”, उनले भने, “हवाई अड्डाको सङ्ख्या दोब्बर भएको छ, जलमार्ग बीसौं गुणा विस्तार गरिएको छ, जसले राष्ट्रव्यापी रूपमा निवेशकहरूको निम्ति आकर्षण बढाएको छ।“

हालै आसमीसहित बंगाली, मराठी, पाली र प्राकृत लगायतका पाँच भाषालाई भारतको ११ वटा शास्त्रीय भाषामध्ये मान्यता प्रदान गरिएको उनले प्रकाश पारे। यस मान्यताले सकारात्मक प्रभाव पार्नका साथै राष्ट्रको समृद्ध सांस्कृतिक धरोहर र विविधता प्रदर्शित गर्ने उनले बताए। कामख्या मन्दिर अनि विश्वप्रसिद्ध काजीरङ्गा राष्ट्रिय निकुञ्जको उल्लेख गर्दै यसले क्षेत्रको समृद्ध आध्यात्मिक अनि प्राकृतिक धरोहर दर्शाउने पनि उनले बताए। “आशीर्वाद कहाँ पाइन्छ? कामख्यामा। यस प्रकारको निकुञ्ज कहाँ पाइन्छ? काजीरङ्गामा”, भन्दै पूर्वोत्तरको दैविक अनि परिस्थितिजन्य महत्त्व उनले रेखाङ्कित गरे। उपराष्ट्रपति धनखडले पूर्वोत्तरको जीवन्त संस्कृति, विशिष्ट पाक-परिकार अनि जनमानसको ऊर्जाको सराहना गरे। पूर्वोत्तरमा मैले अनुभव गरेको सांस्कृतिक उत्सवलाई शब्दमा बयान गर्नसक्दिन, पूर्वोत्तर वास्तवमै भारतको हृदय अनि आत्मा हो भन्दै नोमपेन्हमा आयोजित आसियान शिखर सम्मेलनमा सहभागी बन्दा एक्ट ईस्ट नीतिको महत्त्वबारे प्रष्ट पारेको उनले बताए।
एक्ट ईस्ट नीति राष्ट्रको सीमाभित्र सीमित नरहेर भारतदेखि टाढासम्म दक्षिण एशियाली राष्ट्रहरूसँग अझ घनिष्ट सम्बन्ध स्थापित गर्न कायम गरिने उपराष्ट्रपतिले बताए। बढ्दो कनेक्टिभिटीले चाँडै पूर्वोत्तरबाट कम्बोडियासम्म यात्रा गर्न सुगुम हुने बताउँदै यहाँ भारत सरकारको प्रयासमा प्रसिद्ध अङ्कोर वाट मन्दिरको पुनर्बहाल भइरहेको बताए। यो नीति क्षेत्रसँग गहिरो सांस्कृतिक अनि आर्थिक सम्बन्ध बढाउन खेल परिवर्तक हुनेछ, उनले बताए। कश्मीरसँग तुलना गर्दै उनले यो क्षेत्र पनि विस्मयकारी गन्तव्य रहेको र यसको उत्सव मनाउन आवश्यक रहेको बताए। सन् १९९० तिर केन्द्रीय मन्त्रीका रूपमा श्रीनगरको भ्रमण गरेको स्मरण गर्दै उनले त्यसताका सडकमा २० जना जति पनि मानिस नहुने गरेको उल्लेख गरे। तर गत वर्ष, राज्यसभाको अभिलेख अनुसार पर्यटकका रूपमा २ करोडभन्दा धेरै मानिस जम्मू-कश्मीर गए। यसले राष्ट्रको रूपान्तरणकारी यात्राको प्रमाण प्रस्तुत गर्दछ, उनले बताए। पूर्वोत्तरको अर्थनीतिलाई रूपान्तरित गर्न पर्यटनको सम्भावनाबारे उल्लेख गर्दै, पर्यटनले व्यापक परिमाणमा रोजगार वृद्धिका साथमा क्षेत्रलाई वैश्विक पर्यटन केन्द्रको रूपमा स्थापित गरी सम्पूर्ण परिक्षेत्रलाई परिवर्तन गर्नसक्ने उनले बताए।
राष्ट्र निर्माणमा मिडियाको भूमिकाबारे बोल्दै मिडियाले पूर्वोत्तरको पर्यटन क्षमता अनि विकास पहलहरूलाई प्रोत्साहित गर्दै दूतको रूपमा काम गर्नुपर्ने आग्रह उपराष्ट्रपति धनखडले गरे। “जनमानसलाई सूचित गर्दै मन-मस्तिष्कलाई प्रज्ज्वलित गर्न मिडियाले महत् भूमिका खेल्नसक्दछ। लेखिएका कथाले विकासको शक्तिशाली औजारको रूपमा काम गर्दै विविधतापूर्ण क्षेत्रले प्रस्तुत गर्ने विशेष अवसरबारे प्रकाश पार्नसक्नेछ। यस देशमा हातेमालो गर्दै परामर्शको बानी विकास गरौं। हामीले आमा अनि संस्थानलाई क्षति पुऱ्याउन सक्दैनौं। हामीले यसको पृष्ठपोषण गर्नुपर्दछ। मिडियासहित प्रत्येक संस्थानले इष्टतम रूपमा काम गरे मात्र लोकतन्त्रको पृष्ठपोषण हुँदछ”, उनले भने। द्रूत प्राविधिक विध्वंशको युगमा जिम्मेवार मिडियाको आवश्यकतामाथि पनि उपराष्ट्रपतिले बल दिए। लोक संवादको सत्यनिष्ठा कायम गर्नुपर्ने महत्त्व रेखाङ्कित गर्दै उनले सम्पादकीयले जनतालाई सूचित अनि सुग्राही बनाउनका साथै लोकतन्त्रको रक्षका रूपमा काम गर्नुपर्ने कुरामाथि उनले बल दिए। आपातकालको समय केही साहसी समाचार पत्रले आफ्नो सम्पादकीयको स्थान खाली राखी प्रतिवाद जनाउने काम गरेको उनले उल्लेख गरे। मिडियाले सदैव लोकतन्त्रको स्तम्भका रूपमा खडा रहनुपर्दछ भन्दै सञ्चार माध्यमको स्वतन्त्रता आफ्नो जिम्मेवारीसँग अन्तरसम्बन्धित रहेको कुरामाथि उनले बल दिए।
गलत खबर र सनसनीवादका साथमा राष्ट्रविरोधी विमर्शले निम्त्याउने खतराबारे चिन्ता व्यक्त गर्दै यस्ता खतरालाई मिडियाले प्रविधिको उपयोगद्वारा सम्बोधित गर्नुपर्ने बताए। “गलत विमर्श र सनसनीवाद रसिलो भए तापनि यसले राष्ट्रको तानाबानालाई क्षति पुऱ्याउँदछ। यस्ता शक्तिहरूलाई निष्प्रभावी पार्दै मिडियाले लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षण गर्नुपर्नेछ”, उनले आग्रह गरे। व्यापक राष्ट्रिय विकासमाथि चिन्तन गर्दै उपराष्ट्रपतिले सन् १९९० तिर भारतले सामना गर्नुपरेको आर्थिक चुनौतीहरू स्मरण गराए। “संसद सदस्य अनि केन्द्रीय मन्त्रीका रूपमा म सन् १९९० तिरका दिनहरूको स्मृति अझै आलै छ। त्यसताका हामीले आर्थिक विश्वसनीयता कायम गर्न हाम्रो सून स्वीजरल्याण्ड पठाउनु परेको थियो भने हाम्रो विदेशी मुद्रा भण्डार १ बिलियन अमेरिकी डलर मात्र थियो। यसपछि उनले प्रधानमन्त्री मोदी तथा वर्तमान सरकारको प्रयासको निम्ति सराहना गर्दै आज हाम्रो विदेशी मुद्रा भण्डारले ७०० बिलियन अमेरिकी डलर पार गरेको छ, जुन उनल्लेखनीय उपलब्धि हो र यसले हाम्रो राष्ट्रको विकास र लचिलोपन दर्शाउँदछ”, उनले भने। आफ्नो सम्बोधन अन्त्य गर्दै उपराष्ट्रपतिले भारतको आशा र सम्भावनालाई स्वरूप प्रदान गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहने र कानून सामु प्रत्येक व्यक्ति समान र उत्तरदायी रहने बताए। भारतको अप्रत्याशित विकासमाथि ध्यान केन्द्रित गर्न मिडियालाई आग्रह गर्दै लोकतन्त्रलाई सुदृढ बनाउने सुसूचित अनि सन्तुलित विमर्शको पृष्ठपोषण गर्न उनले आग्रह गरे। यस अवसरमा केन्द्रीय पोत, नौवहन तथा जलमार्ग मन्त्री सर्बनन्द सोनोवाल, सदिन-प्रतिदिन समूहका चेयरम्यान एवं असोमिया प्रतिदिनका सम्पादक जयन्त बरूवा लगायत अन्य गणन्यमान्यजन उपस्थित थिए। -पीआईबी









