सिलगढी: श्रीमतीको मृत्युमा मर्माहत बनेका श्रीमानले आत्महत्या गरेका छन्। श्रीमतीले आत्महत्या गरेको केही घण्टामै श्रीमानले पनि आत्महत्या गरे। घटनाले परिवार शोकमा परेको छ। विकास चन्द्र रोय पेशाले रेलवे कर्मचारी हुन्। उनले शनिबार बिहान कावाखाली क्षेत्रमा रेलमुनि हाम फालेर आत्महत्या गरे। विकासचन्द्र रोय नामका रेल कर्मचारीले चारपाङ्ग्रे सवारी साधनमा कावाखाली नजिकैको ठूलो खेत पार गरेर रेलवे ट्र्याकको छेउमा कार पार्क गरेर रेलको अगाडि हाम फालेर आत्महत्या गरेको प्रत्यक्षदर्शीले बताए। घटना लगत्तै फाँसीदेवा पुलिस चौकी र रेल विभागलाई खबर गरियो। उनीहरु आएर शव निकाले र पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा पठाए। पारिवारिक स्रोतका अनुसार मृतककी श्रीमतीले पारिवारिक झगडाका कारण गत शुक्रबार राति आत्महत्या गरेपछि रेल कर्मचारीको शव पोस्टमार्टमका लागि उत्तर बंगाल मेडिकल कलेज अस्पताल लगिएको थियो। उनीहरुको १३ वर्षको छोरा पनि रहेको बताइएको छ। उनले मृत्युको बाटो किन रोजे भन्ने थाहा हुनसकेको छैन।