यौन व्यवसाय चलाएको आरोपमा चतरा लाइन श्रेष्ठ होटेलका मालिक सहित ७ जना पक्राउ

IMG-20241005-WA0273

भद्रपुर: होटेलमा युवतीहरू राखेर यौन व्यवसाय चलाएको आरोपमा धरान-१२ चतरा लाइनको श्रेष्ठ होटेलका सञ्चालक जगत श्रेष्ठ सहित ७ जनालाई प्रहरीले शनिवार पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानले होटेलमा छापा मार्दा ४ जना महिला सहित २ पुरुष पक्राउ परेको वडा प्रहरी इन्चार्ज रुद्र खड्काले बताए। सञ्चालक श्रेष्ठले कमिसनमा युवतीहरू राखेर यौन व्यवसाय सञ्चालन गरेको सूचना पाएपछि छापा मारिएको वडा प्रहरी इन्चार्ज खड्काले बताए।
पक्राउ परेका पुरुष र महिलाको बारेमा अनुसन्धान गरी नाम सार्वजनिक गरिने इन्चार्ज खडकाले बताए। उनका अनुसार होटेलमा आधा दर्जनभन्दा बढी युवती राखेर यौन व्यवसाय सञ्चालन हुने गरेको गुनासो आएकोले छापा मारिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement