यौन व्यवसाय चलाएको आरोपमा चतरा लाइन श्रेष्ठ होटेलका मालिक सहित ७ जना पक्राउ

IMG-20241005-WA0273

भद्रपुर: होटेलमा युवतीहरू राखेर यौन व्यवसाय चलाएको आरोपमा धरान-१२ चतरा लाइनको श्रेष्ठ होटेलका सञ्चालक जगत श्रेष्ठ सहित ७ जनालाई प्रहरीले शनिवार पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानले होटेलमा छापा मार्दा ४ जना महिला सहित २ पुरुष पक्राउ परेको वडा प्रहरी इन्चार्ज रुद्र खड्काले बताए। सञ्चालक श्रेष्ठले कमिसनमा युवतीहरू राखेर यौन व्यवसाय सञ्चालन गरेको सूचना पाएपछि छापा मारिएको वडा प्रहरी इन्चार्ज खड्काले बताए।
पक्राउ परेका पुरुष र महिलाको बारेमा अनुसन्धान गरी नाम सार्वजनिक गरिने इन्चार्ज खडकाले बताए। उनका अनुसार होटेलमा आधा दर्जनभन्दा बढी युवती राखेर यौन व्यवसाय सञ्चालन हुने गरेको गुनासो आएकोले छापा मारिएको बताए।

About Author

Advertisement