शिलङमा सम्पन्न भयो उत्तर पूर्वी कौशल तथा उद्यमशीलता सम्मेलन २०२४

n6334204551727892138112f3e8b150468009574c7b9ae11baa37e26a91c804bbd0c850080eb0eccec11b2c

गान्तोक: राज्य सरकारका कौशल विकास विभागका सल्लाहकार मदन सिञ्चुरीले विभागीय सचिव लगायत अधिकारीहरूसँग मंगलवार उत्तर पूर्वी कौशल र उद्यमशीलता सम्मेलन- २०२४ मा भाग लिए।
मेघालयको सिलङमा सम्पन्न सम्मेलनले राष्ट्रिय स्तरमा सीप सम्बन्धी पहलहरू र सीप विकास तथा उद्यमशीलता मन्त्रालयको भविष्यका प्राथमिकताहरू एनईआर-मा राज्यसँग साझेदारी गर्नका साथै उत्तर पूर्वमा मन्त्रालयको दृष्टिकोणको कार्यान्वयनलाई गति दिन सरोकारवालाहरू बीचको सहकार्यलाई सुदृढ़ गर्ने लक्ष्य राखेको छ। राज्यको सीप र उद्यामशीलता विकास चुनौतीहरूलाई सम्बोधन गर्न सहायक भएको एनईआर-मा आविष्कारहरू साझेदारी गर्न अनि सीप र उद्यमशीलता पारिस्थितीका लागि कार्ययोग्य रणनीतिहरू विकास गर्ने पनि सम्मेलनले लक्ष्य राखेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement