राज्यमा सञ्चालित विद्यालयहरूमा विद्या भारतीद्वारा गॉंधी र शास्त्री जयन्ती पालन

n63342045617278919013204d940e598d13794824907ee52f5e486620a4040a26bf22fc9d1dff8639479dc6

गान्तोक: विद्या भारती सिक्किम अन्तर्गत सबै विद्यालयहरूमा आज महात्मा गॉंधी र भारतरत्न देशका दोस्रो प्रधानमन्त्री लाल बहादुर शास्त्रीको जयन्ती विभिन्न कार्यक्रमका साथ पालन गरियो।यस क्रममा सरस्वती विद्या निकेतन, गान्तोकमा एक भव्य कार्यक्रमबीच तीन विशिष्ट व्यक्तित्वहरूलाई विद्यालयको तर्फबाट सम्मान जनायो। कार्यक्रममा जय जवान, जय किसान, जय विज्ञानलाई आत्मसात गर्ने व्यक्तित्वहरूलाई सम्मान जनाइएको थियो।कार्यक्रममा पूर्व मुख्य सचिव सोनाम वाङ्गदी भोटिया मुख्य अतिथि थिए। यसैगरी, विशिष्ट अतिथिहरूमा उद्यमी सागर पराजुली, विद्या भारती सिक्किमका संयोजक मोहन शर्मा र डा. पुण्य प्रसाद शर्मा उपस्थित थिए। दीप प्रज्जवलन र सरस्वती बन्दनाका साथ कार्यक्रमका अध्यक्ष केएन खतिवडाले महात्मा गॉंधी र लाल बहादुर शास्त्रीको चित्रमा पुष्पाञ्जलि अर्पित गरे।विद्यालय सञ्चालन समितिकी उपाध्यक्ष बिमला मोक्तानले स्वागत सम्बोधन राखेको कार्यक्रममा विद्या भारती सिक्किमको कार्यकारिणी सदस्य दयाराम भट्टराईले अतिथिहरूको परिचय गराएका थिए। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले देशभक्ति गीत, संस्कृत गीत आदि प्रस्तुत गरेका थिए।यस अवसरमा विद्यालयको तर्फबाट विज्ञान एवं प्रविधिको क्षेत्रमा आफ्नो बहुमूल्य योगदान दिन एनआईसी, भारत सरकारका वरिष्ठ अधिकारी डा. लक्ष्मी प्रसाद शर्मा, कृषि क्षेत्रमा योगदानको निम्ति थलनाथ भट्टराई र देश सेवामा समर्पित भारतीय सेनाका जवान भीम प्रसाद नेतालाई मुख्य अतिथि र विशिष्ट अतिथिहरूको बाहुलीद्वारा सम्मानित गरियो।
मुख्य अतिथि पूर्व सचिव भोटियाले विद्यालयको कार्यक्रममा सहभागी बन्न पाएकोमा आभार प्रकट गरे। उनले देश र समाजको लागि सबैको भूमिका र सहयोग आवश्यक रहेको बताए। उनले भने, विद्या भारतीले संस्कार, देश प्रेम, गुणात्मक शिक्षा प्रदान गरिरहेको छ। यो सबैका लागि महत्वपूर्ण छ। आजको युगमा बाल बालिकाहरूको संरक्षण र संवर्द्धन आवश्यक छ। राम्रो शिक्षा र संस्कार जरूरी छ।’कार्यक्रममा विद्यालयकी प्रधानाचार्य धनमाया भट्टराईले धन्यवाद ज्ञापन प्रस्तुत गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement