कर्मचारी र पेन्शनरहरूको लागि महँगाई भत्तामा वृद्धि गर्ने सिक्किम सरकारकाे घोषणा

IMG-20240717-WA0003

गान्तोक: सिक्किम सरकारले कर्मचारी र पेन्शनरहरूको लागि महँगाई भत्तामा वृद्धि गर्ने घोषणा गरेको छ। सरकारी कर्मचारी र पेन्शनरहरूका निम्ति सिक्किम सरकारले १ जनवरी, २०२४ देखि लागू हुने गरी महंगाई भत्ता डीए र महंगाई राहत (डीआर) दरहरूमा वृद्वि गरेको छ।
वित्त विभागद्वारा आज जारी गरिएको एक परिपत्र अनुसार पूर्व संशोधित मूल वेतन संरचना अन्तर्गत वेतन लिने कर्मचारीको भत्ता हालको २३०% बाट २३९% सम्म वृद्वि हुने उल्लेख गरिएको छ। संसोधित मूल वेतन संरचनामा वेतन पाउने कर्मचारीको भत्ता ४६ प्रतिशतबाट बढाएर ५० प्रतिशत गरिएको छ, जुन १ जनवरी २०२४ देखि लागू भएको छ।
यो निर्णय राज्य सरकारद्वारा अनुमोदित वेतन समितिको सिफारिसहरू अनुरूप रहेको छ। यी संशोधित भत्ता दरहरू अनुबन्ध आधारित कर्मचारीहरू र वर्क चार्ज गरिएको प्रतिष्ठानहरूमा काम गर्नेहरू जो राज्य सरकारको नियमित वेतनमानमा रहेका छन् उनीहरूलाई पनि लागु हुनेछ।
यस अतिरिक्त अखिल भारतीय सेवाका अधिकारीहरू, जसले छैठौं केन्द्रिय वेतन आयोग (सीपीसी) अनुसार पूर्व-संशोधित पे ब्यान्ड/ग्रेड पे अन्तर्गत तलब प्राप्त गर्न जारी राख्छन्, उनीहरूको डीए २३०% देखि २३९% सम्म बढ्नेछ। यसैबीच, ७औं सीपीसी अनुसार वेतन प्राप्त गर्नेहरूको डीए ४६% बाट ५०% सम्म वृद्वि हुनेछ भने सोही मितिदेखि प्रभावी हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement