भद्रपुर: उत्तरी छिमेकी चीनसँग जोड्ने किमाथाङ्का नाकाबाट आवतजावत बन्द गरेको छ। पहिरोले बाटो अवरुद्ध भएको भन्दै भारतीय पक्षले नाका बन्द गरेको हो।
शनिबार पहिरोले बाटो अवरोध गरेको र त्यो बाटो खुला नभएसम्म नाकामा आवतजावत रोकिएको चिनिया अधिकारीहरुले नेपाली पक्षलाई जानकारी गराएका छन्।संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार चिनिया पक्षले बाटो क्लियर नभएसम्मका लागि आवतजावत रोकेको जानकारी गराएको छ।











