सोरेङ: सोरेङ जिल्ला अन्तर्गत मिडल ओख्रे निवासी श्रीमती लाक्पा डिकी शेर्पाको घर आगलागीमा परेर खरानी भएको छ। घटना सोमबार साँझ ५ बजे भएको बताइएको छ। आगलागी घटनाको सुचना पाउन साथ पुलिस साथै स्थानीय नागरिकहरुको सहायतामा आगोलाई नियन्त्रणमा लिइएको थियो। यसरी कहाँबाट आगो सल्कियो भन्ने कुरा पुलिसले जाँच गरिरहेको छ। घटना स्थलमा स्थानीय पञ्चायत, सरकारी निकायका अधिकारी र पुलिसकर्मीहरुले स्थलगत निरीक्षण गरेर क्षयक्षतिको जानकारी लिएको बताइएको छ।