मन्त्री लेप्चाले गरे निर्माणधीन अस्पतालको निरीक्षण

IMG-20241001-WA0332

गान्तोक: राज्य वन एवं पर्यावरण विभाग मन्त्री पिन्छो नामग्याल लेप्चाले आज मंगन जिल्लामा निर्माणधीन अवस्थामा रहेको अस्पतालको निरीक्षण गरे। निरीक्षणको क्रममा मन्त्री लेप्चासँग जिल्लापाल अन्नत जैन, पुलिस अधिक्षक सोनम देट्छु भोटिया लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। निरीक्षणको क्रममा मन्त्रीले अस्पताल निर्माणको प्रगतिबारे जानकारी गराए। यसको निर्माण कार्य शीघ्र गरिनुपर्ने बताए। इफ्लुएन्ट ट्रीटमेन्ट प्लान्ट (ईटीपी) निर्माण, सौर्य उर्जाको व्यवस्था, ब्याकअप इन्भर्टर, कर्मचारीको बसोबास र डायलाइसिस युनिटमा लिफ्ट जडान लगायतका धेरै विषयमा चर्चा परिचर्चा गरियो। अस्पतालको उद्घाटनबाट अनिवार्य विशेषज्ञ भ्रमणको आवश्यकतामाथि पनि छलफल गरियो। कर्मचारीको अभाव र प्राविधिक चुनौतिहरूको चिन्ताबारे पनि चर्चापरिचर्चा गरियो। मन्त्रीले स्वास्थ्य सेवाको पहुँच सुधार गर्न आयोजनालाई समयमै सम्पन्न गर्ने महत्त्वलाई प्रकाश पार्दै पहिचान गरिएका चुनौतिहरूको सामना गर्न सहकार्य गर्न आग्रह गरे। उनले नयाँ अस्पतालले जिल्लाका बासिन्दाको स्वास्थ्य सेवाको पहुँच र सेवा प्रवाहमा बृद्धि हुने विश्वास व्यक्त गरे।

About Author

Advertisement