दुई वटा राष्ट्रिय शिक्षक शिक्षा परिषद प्रलेख पुस्तिका नेपालीमा

WhatsApp-Image-2024-10-01-at-16.43.01

नयाँ दिल्ली: राष्ट्रिय शिक्षा नीति (एनईपी) २०२०, अनुच्छेद १५.११-मा, देशभरिका स्कूल शिक्षकहरूलाई परामर्श दिन इच्छुक पारङ्गत व्यक्तिहरूलाई मिलाउन नेशनल मिशन फर मेन्टरिङ (एनएमएम)-को परिकल्पना गरिएको छ। यी सम्भावित मार्गदर्शक, वय वा पददेखि माथि उठेर भारतको २१औँ शताब्दीका विकासात्मक लक्ष्यलाई साकार बनाउन योगदान दिँदछ। २०२१-को बजेटले भारत सरकारको शिक्षा मन्त्रालय (एमओई)लाई एनएमएम लागू गर्ने अधिकार दिएर राष्ट्रिय शिक्षक शिक्षा परिषद् (एनसीटीई)-लाई सुम्पिएको थियो। उच्च स्तरीय विशेषज्ञ समिति र हितधारक परामर्शकहरूद्वारा व्यापक अनुसन्धान अनि विचार-मन्थनपछि एनएमएम द् ब्लुबुक अनि द् नेसनल प्रोफेसनल स्टानर्ड्स फर टिचर (एनपीएसटी) गाइडिंग डकुमेन्ट्स (‘शिक्षकहरूका लागि राष्ट्रिय व्यावसायिक मानक (एनपीएसटी) मार्गदर्शक प्रलेख’) विकसित गरिएको थियो।  ९ मार्च २०२४ मा केन्द्रिय शिक्षा तथा कौशल विकास र उद्यमिता मन्त्रीद्वारा लोकार्पित भएको थियो। एनएमएम अनि एनपीएसटी प्रलेख नेपालीसहित आठौँ अनुसूचीका १४ भाषामा अनुवाद गरिएको छ- असमिया, बङ्गला, गुजराती, हिन्दी, कन्नड, कोङ्कणी, मलयलम्, मराठी, नेपाली, संस्कृत, तमिल, उर्दू, मैथिली र डोगरी। नेपालीलाई पनि समेट्नु गर्वको घटना भएको मान्नुपर्दछ। यसले समावेशनप्रति सरकारको प्रतिबद्धता अनि भारतको समृद्ध सांस्कृतिक तथा भाषिक विविधतालाई मान्यता दिएको सिद्ध हुन्छ।

 भारतीय राष्ट्रिय विज्ञान अकादमी (आईएनएसए)मा आयोजित “एनईपी २०२०अनुरूप शिक्षकहरूका लागि राष्ट्रिय व्यावसायिक मानक (एनपीएसटी)को माध्यमबाट शिक्षकहरूको शिक्षामा परिवर्तनबारे दुई दिवसीय कार्यशालामा, एनसीटीईका सदस्य सचिव सुश्री केसाङ वाई शेर्पा, आईआरएसले यसको अनुवाद नेपालीमा एनपीएसटी र एनएमएमले गराएर प्रत्येक भाषाका शिक्षकलाई सफल बनाउने उपकरण उपलब्ध गराउन सुनिश्चित गर्ने प्रतिबद्धता दर्साएको जानकारी गराइन्। यस अनुवादित संस्करणले शैक्षिक अधिकारीहरूका लागि देशभरि प्रयोग हुने संसाधन प्रभावी ढङ्गले उपयोग गर्न शिक्षकहरूलाई प्रेरणा दिने बताइन्।

भारतका उत्तर-पूर्वी राज्य, विशेषतः सिक्किम, पश्चिम बंगालका उत्तरी भाग, असम, हिमाचल प्रदेश, मणिपुर, अरुणाचल प्रदेश, मिजोरम र उत्तराखण्डमा व्यापक रूपले चल्ने नेपाली भाषामा यी महत्वपूर्ण राष्ट्रीय प्रलेख पुग्ने भएको छ। समावेशी, बहुभाषी र विविध शैक्षिक सुधारमा भारतको प्रतिबद्धतालाई यसले पुष्टि गर्दछ। अधिक सुलभ र समावेशी वातावरण बनाउन विभिन्न भाषाका पृष्ठभूमि रहेका शिक्षक एकैसाथ काम गर्न सकेर आफ्ना कौशल विकसित गर्न सक्नेछन्। अब नेपाली भाषी शिक्षकहरू पनि एनएमएम-का अंश बन्ने अनि एनपीएसटी-लाई राम्ररी बुझ्न सक्नेछन्। भारतीय राजस्व सेवा (इण्डियन रेभेन्यु सर्भिस) सिद्ध गरेकी केसाङ वाई शेर्पाको उत्साहपूर्ण दुरदृष्टिले उपर्युक्त दुई ग्रन्थ नेपाली भाषामा उपलब्ध भएर नेपालीभाषी शिक्षकहरू सुकुमार कौशल विकसित गर्न सक्षम हुनाका साथै नेपाली भाषी शिक्षकहरू राष्ट्रिय प्रवाहको मूलधारामा संलग्न हुन सहज बनेको कुरा पर्यवेक्षकहरूबाट थाहा लागेको छ। स्मरण गराइन्छ कि नेपाली भाषाको अनुवाद टोलीमा सिक्किम सरकारको शिक्षा विभाग (शिक्षण अनुभाग)का निदेशक तथा एनसीईआरटीका सदस्य डा रविन छेत्री पनि रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement