ईलाममा महिलाले आफ्नै शरीरमा लगाइन् आगो

IMG-20241001-WA0194

भद्रपुर: इलाममा मंगलबार बिहान १ जना महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन्।
झापाको अर्जुनधारा नगरपालिका–४ घर भएकी अन्दाजी २५ वर्षीया मीना मगरले आफ्नै शरीरमा कपडा राखेर आगो लगाएको प्रहरीले जनाएको छ। इलाममा डेरा बस्दै आएकी उनले शरीरमा आगो लगाउनुको कारण खुलेको छैन। शरीरमा आगो लगाएको देखेपछि स्थानीयले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएका थिए। गम्भीर घाइते अवस्थाकी मगरलाई थप उपचारका लागि झापा पठाइएको छ।
इलामा प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए। ‘आगोले शरीरका केही भाग जलेका छन्। बेहोस रहेकी घाइतेको अवस्था गम्भीर छ। आफ्नै शरीरमा आगो लगाउनुको कारण खुलेको छैन। थप कुरा अनुसन्धानपछि खुल्छ,’ राईले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement