
अलिपुरद्वार: वन विभागका कर्मचारीहरूले फालालकाटा ब्लकको दलगाउँ ग्राम पञ्चायतको दलमनी डिभिजनको कार्ला नदीको छेउमा रहेको क्षेत्रबाट हात्तीको बच्चाको शव बरामद गरे। यो घटनाले क्षेत्रमा निकै सनसनी मच्चिएको छ। दलगाउँ रेन्जका वनकर्मीले आइतबार बिहान हात्तीको शव फेला पारेका हुन्। करिब एक साताअघि बच्चा जन्मिएको वन विभागको अनुमान छ। तर, हात्तीको बच्चाको मृत्युको कारण भने खुल्न सकेको छैन। पोष्टमार्टमपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने वन विभागले जनाएको छ।