राज्य स्तरीय अण्डर १७ फुटबल खेल्न गइरहेका दार्जीलिङका खेलाडीहरूलाई अनित थापाद्वारा भेटघाट अनि शुभकामना

photocollage_202492920265128

खरसाङ: अनित थापाले जीटीए क्षेत्रलाई प्रतिनिधित्व गर्दै राज्य स्तरीय अण्डर १७ फुटबल खेल्न गइरहेका दार्जीलिङका खेलाडीहरूलाई भेटेर शुभकामना दिन्दै पठाएका छन्।
यस अवसरमा उनले खेल खेल्दा अनुशासन, चाल चलन अनि व्यवहार सबैभन्दा महत्वपूर्ण हुन्छ भनी बताएका छन्।
स्कूल खेल र खेलकुदका लागि पश्चिम बंगाल राज्य परिषदको तत्वावधानमा आयोजना हुने 68 औं राज्य स्तरीय अन्तर जिल्ला विद्यालय तहको अण्डर 17 फुटबल प्रतियोगितामा भाग लिनको लागि जीटीएलाई प्रतिनिधित्व गर्दै दार्जीलिङबाट विभिन्न विद्यालयका खेलाडीहरू गईरहेका छन्। कालेबुङ जिल्लाले भाग लिएका छैनन्।
क्याम्पमा जानु अघि उनीहरू जीटीए प्रमुख कार्यपाल अनित थापालाई भेट्न पिन्टेल भिलेज गएका थिए। खेलाडीहरूलाई उनले शुभकामना अनि खेलको गुरुमन्त्र दिँदै भने, “खेलकुदमा जीत हार त हुन्छ नै। तर आफ्नो उत्कृष्ट प्रदर्शन दिनु। खेल खेल्दा अनुशासन, चाल चलन अनि व्यवहार सबैभन्दा महत्वपूर्ण हुन्छ।”
विद्यार्थीहरुलाई क्याम्पमा लैजाने शिक्षकहरुले अनित थापालाई आर्थिक सहयोग अनि विद्यार्थीहरूको हौसला बढाई दिएकोमा कृतज्ञता प्रकट गरेका छन्। यस वर्षको क्याम्प नदियाको बेथुवादहरी जेसिएम उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको छ। प्रतियोगिता ३० सेप्टेम्बर देखि ३ अक्टोबरसम्म चल्नेछ। यस अवसरमा जीटीएको युवा मामिला अनि खेलकूद विभागको एमओडी सभासद एंव तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री उपस्थित रहेका थिए।

About Author

Advertisement