मङ्पु: सर्वनाम समूह मङ्पु र हिल टाईम्स अनलाइन न्युज च्यानलको संयुक्त आयोजनामा हिल टाईम्स साहसिक पुरस्कार एवं सर्वनाम सम्मान कार्यक्रम सम्पन्न भएको छ। मङपुको रवीन्द्र भवनमा वरिष्ठ साहित्यकार सुरेन्द्र थिङको अध्यक्षतामा हिल टाईम्स साहसिक पुरुस्कार एवं सर्वनाम साहित्यक सम्मान पुरस्कार कार्यक्रम सम्पन्न भयो। अदिति मोक्तानले सञ्चालन गरेको कार्यक्रमको शुरुमा शुशिका थापाले स्वागत नृत्य प्रस्तुत गरेपछि समारोहका विशिष्ट अतिथि सभासद रतन थापा अनि सिन्कोना बगान निर्देशक डा.सामुएल राईको बाहुलीबाट मङपूका साहित्यकार केबी गिरी अनि उनकी धर्मपत्नी लक्ष्मी गिरीलाई शिरशोभा पहिराएर स्मृति चिन्ह प्रदान गर्दै सम्मान जनाईयो। यसरी मङ्पूका साहित्यकार एवं पहिलो उपन्यासकार सीबी बान्तावालाई पनि अध्यक्ष सुरेन्द्र थिङ अनि विशिष्ट अतिथिको बाहुलीबाट स्मृति चिन्ह साथै अभिनन्दन पत्र प्रदान गर्दै सम्मान जनाईयो।
यसरी नै दोस्रो चरणमा मङ्पुका दुई कवि शरण गुरुङ अनि सन्दीप दियालीले कविता वाचन गरेपछि लाब्दा खास निम्न उच्च माध्यमिक विद्यालयका नानीहरुले सुन्दर नृत्य प्रस्तुत गरे। यस वर्ष २०२४ हिल टाईम्स साहसिक पुरस्कारले सम्मानित व्यक्तित्व समाजसी रंगु सौरियालाई समारोहका विशिष्ट अतिथिहरु समाजसेवी बिक्रम राई, एनएचपीसी चरण तीनका मुख्य अभियन्ता प्रदीप कुमार राय, हिल टाईम्सका प्रबन्ध निर्देशक केशर मोक्तानको बाहुलीबाट अंग वस्त्र अनि स्मृति चिन्ह प्रदान गरियो।

यसरी नै हिलटाईम्स पत्रकार सम्मान २०२४ ले सम्मानित सिक्किमका पत्रकार प्रवीण खालिङलाई साहित्यकार उदय थुलुङ, मङपू थाना ओसी आईनुल हक, समाजसेवी बिक्रम राई अनि केशर मोक्तानको बाहुलीबाट शिरशोभा, स्मृति चिन्ह अनि अभिनन्दन पत्र प्रदान गरियो। कार्यक्रममा दार्जिलिङ सांगीतिक टोली कार्निभल ब्याण्डले सुन्दर कार्यक्रम प्रस्तुत गरे पश्चात् सर्वनाम समुहको पक्षबाट पुष्कर सिङ्गरले कार्निभल ब्याण्डका संगीत संयोजक चन्दन लोमजेलको बाहुलीबाट स्मृति चिन्ह प्रदान गर्दै सम्मान जनाईयो। यसरी नै समारोहका अतिथि मङपू सिन्कोना बगान ब्यवस्थापकको पक्षबाट दार्जिलिङ, खरसाङ, मिरिक अनि मङ्पूका पत्रकारहरुलाई मायाको चिन्ह प्रदान गर्दै सम्मान जनाइयो।
कार्यक्रमका सम्पूर्ण प्रायोजकहरुलाई हिल टाईम्स प्रबन्ध निर्देशक केशर मोक्तानले आभार व्यक्त गर्दै कार्यक्रमको अन्त गरियो।