स्पेनिश ला लीगाः ओसासुनाविरुद्ध बार्सिलोनाको निराशाजनक हार

IMG-20240929-WA0212

बार्सिलोना: स्पेनिश ला लीगा फूटबलमा बार्सिलोनाको विजयाभियानमा ब्रेक लाग्यो। शनिवार राति खेलिएको म्याचमा असाधारण फर्ममा रहने बार्सिलोनालाई ओसासुनाले ४-२-ले पराजित गऱ्यो। ला लीगाको जारी सीजनमा यो बार्सिलोनाको पहिलो हार हो। आफ्नो होम ग्राउण्डमा २५ प्रतिशत पोजेशनको साथ खेल्ने ओसासुनाबाट एण्टे बुदिमिरले १८औं र ७२औं मिनटमा २ गोल गरे। यसबाहेक ब्रायन जारागोजाले २८औं र एबेल ब्रेटोन्सले ८५औं मिनटमा गोल गरे। यसरी मध्यान्तरसम्म २ गोलले पछि रहने बार्सिलोनाबाट पाउ भिक्टरले ५३औं र लामिन यमालले ८९औं मिनटमा गोल गरे। बार्सिलोना यस हारपछि पनि ८ वटा म्याचपछि २१ पोइण्ट्सको साथ ला लीगा टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी छैटौं स्थानमा रहने ओसासुनासँग १४ पोइण्ट्स रहेको छ। ला लीगाका अन्य म्याचहरूमा मालोर्काले भाल्लाडोलिडलाई २-१-ले, गेटाफेले अलावेसलाई २-०-ले अनि रियल सोसिएदादले भेलेन्सियालाई ३-०-ले पराजित गऱ्यो। रालो भाल्लोकानो र लेगानेसबीचको म्याच १-१-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement