सुमिनमा मौरीपालनबारे प्रशिक्षणको समापन

IMG-20240928-WA0298

पाकिम: सिक्किम सरकारको कृषिविभागअन्तर्गत कृषि प्रविधि व्यवस्थापन एजेन्सीको पाकिम जिल्ला शाखाले मौरीपालनसम्बन्धी प्रशिक्षण आयोजन गऱ्यो। ग्रामीण युवाहरूका लागि शुरु गरेको सप्ताहव्यापी क्षमता विकास प्रशिक्षण आज तल्लो सुमिन लिङ्गजे जीपीयूमा समापन भयो। कार्यक्रममा सुमिन जीपीयूका पञ्चायत सदस्य, उपनिर्देशक तथा एजेन्सीका प्रतिनिधिहरु लगायत विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा रेबिका गुरुङले प्रशिक्षणको महत्वबारे जोड दिँदै मौरी पालनको पक्षबारे जोड दिएकी थिइन्। सहभागीहरुले प्रशिक्षणअवदिमा लिएका अनुभवहरु राखे। पञ्चायत प्रतिनिधिहरुले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement