तुफान हेलेनको प्रकोपमा ४३ जनाको मृत्यु

cyclone-copy1

हेलेन नामक आँधीका कारण दक्षिण पूर्वी अमेरिकामा ४३ जनाको मृत्यु भएको छ। स्थानीय समय अनुसार शुक्रबार राति फ्लोरिडामा अवरतण गरेको आँधीले दक्षिणी क्यारोलिना र जर्जिया राज्यमा बढी क्षति पुर्‍याएको छ। जर्जियाका केही भागका सडकहरु जलमग्न भएका छन्। त्यहाँको राष्ट्रिय मौसम सेवाले तीब्र बाढीको चेतावनी दिंदै १० लाखभन्दा बढी मानिसलाई उच्च जोखिममा रहेको भन्दै सुरक्षित स्थानमा जान आग्रह गरेको छ। जर्जियामा मात्रै आँधीका कारण १५ जनाको मृत्यु भएको छ। फ्लोरिडामा आँधी बाढीले पुर्‍याएको विनासको सफाई कार्य भइरहेको छ। आँधीले धेरैजसो घरहरु बगाएको छ। हेलेन आँधीक कारण फ्लोरिडामा भीषण हावा हुरीका साथ आएको बाढीले ठूलो विनाश निम्त्याएको छ।

About Author

Advertisement