रूसद्वारा परमाणु नीतिमा परिवर्तन

Vladimir-Putin-2

युक्रेनसँगको युद्धको बीचमा रुसले आफ्नो परमाणु नीति परिवर्तन गरेको छ। योसँगै रुसले पश्चिमा देशका लागि यो चेतावनी भएको बताएको छ। नीतिमा यो परिवर्तनसँगै रुसले परम्परागत मिसाइलले आक्रमण गरे परमाणु हतियार प्रयोग गर्नसक्ने बताएको छ। क्रेमलिनका प्रवक्ताले भने,  ‘यदि युक्रेनले आणविक हतियार भएको देशको समर्थनमा कुनै कदम चाल्छ भने, हामीले यसलाई युक्रेनले मात्र नभई पश्चिमी देशहरूको संयुक्त आक्रमण मान्नेछौं।’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले न्युक्लियर डिटेरेन्सको क्षेत्रमा राज्य नीतिको आधारशिला कागजातमा संशोधन गरिएको बताए। जब क्रेमलिनका प्रवक्तालाई यो परिवर्तन पश्चिमी देशहरूको लागि संकेत हो कि भनेर सोधियो, उनले जवाफ दिए, ‘यसलाई निश्चित रूपमा संकेतको रूपमा लिनुपर्छ। यो ती देशहरूलाई चेतावनी हो कि यदि तिनीहरूले हाम्रो देशमा आक्रमणमा भाग लिन्छन्, चाहे परमाणु हतियार वा अन्य कुनै माध्यमबाट भने तिनीहरूले परिणाम भोग्नुपर्नेछ।‘ क्रेमलिनका प्रवक्ता पेस्कोभले थप भने, ‘विश्वले अभूतपूर्व द्वन्को संकेतद्व देखिरहेको छ। त्यो संकेत युक्रेन युद्धमा पश्चिमी देशहरू विशेष गरी आणविक शक्तिहरूको प्रत्यक्ष संलग्नता हो।‘ पुटिनले सन् २०२० मा रुसको वर्तमान परमाणु  नीतिको बारेमा घोषणा गरेका थिए। यो नीतिले भन्छ– रूसले परमाणु हतियारहरू ती परिस्थितिहरूमा मात्र प्रयोग गर्नेछ जब उसमाथि परमाणु आक्रमण हुन्छ वा त्यस्तो आक्रमण हुन्छ जसले देशको अस्तित्वलाई खतरामा पार्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement