कोशीको योजना आयोगमा दुई जना सदस्य नियुक्त

IMG-20240927-WA0093

भद्रपुर: कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा दुई जनालाई नियुक्त गरेको छ।
गुरुबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले सुनसरीको बराहक्षेत्र नगरपालिका ७ का नारायण कोइराला र विराटनगर महानगरपालिका-४ की प्रमिलाकुमारी गच्छदारलाई नियुक्त गरेको हो। दुवैजना नेपाली कांग्रेसको कोटामा नियुक्त भएका हुन्। गुरुबार विहान आयोगको सदस्यमा सुनसरीको धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपानेले पदबाट राजीनामा दिएका थिए।
दुवै जना नेकपा (माओवादी केन्द्र)को कोटाबाट आयोगको सदस्यमा नियुक्त भएका थिए। माओवादीले सरकार छाडेपछि उनीहरुले सदस्यबाट राजीनामा दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement