खरसाङ: गोजमुमो अध्यक्ष बिमल गुरुङले पहाड़क चियाबारी श्रमिकहरूको पूजा बोनस विषयमा दिएको बयानको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालो चौतर्फी जनाईरहेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिका प्रवक्ता अनुप रामुदामुले एक भिडियोमार्फत गोजमुमो अध्यक्ष बिमल गुरुङले दिएको बयान बिरुद्ध प्रश्न राखेका छन्। उनले प्रश्न गरेका छन् कि हाल जब सम्पूर्ण पहाड भरिका मजदुर युनियन, संघ-संस्थाहरुका एक भई २०% बोनस हुन पर्छ भनी आन्दोलित भईरहेको बेला १६-१६.५% सम्म मालिकले दिन सक्छ भनेर उनले कसरी किटान गरिरहेका छन्। उनको यो बयानले उनी मालिकवर्गको हितमा बोलिरहेको स्पष्ट भएको बुझिन्छ र उनले मालिकवर्गलाई सन्देश दिईरहेका छन् कि पहाडका चियाबगान का श्रमीकहरूलाई १६-१६.५% बनोस दिए पुग्छ। यसबाट उनको साँटगाँठ मालिकवर्गसित भएको भान भईरहेको छ भनी बताएका छन्। उनले त्यो प्रतिशतलाई १८-१९ पनि भन्न सक्ने थिए। उनले दिएको यो बयानले उनको डुब्दै गरेको राजनितिक नाउलाई श्रमिकहरूको बुई चढी उकास्न खोजि रहेको प्रष्ट भएको आरोप लगाएका छन्। गोजमुमो अध्यक्ष
बिमल गुरुङले दिएको खुन पसिनाको राजनीति गरेर भात खाँदिन भन्ने बयानलाई रामुदामुले भनेका छन् , ‘हाम्रा चियाबगानमा खटी खाने श्रमिक दाज्यु-भाई दिदि-बहिनीहरू शिक्षित छन्, ज्ञानी छन् र अब उसो उनीहरूको खुन पसिनामाथि राजनिति गरेर भात खान्छु भन्ने सोँच्नु पनि दिवा सपना मात्र हो। बिमल गुरुङमा यसो गर्ने योग्यता छैन पनि हो। उनले पहाडका जनताको भावनामा राजनीति गरेर भात खाई रहेका छन्। जसको प्रमाण उनैले बनाएका संसादले अघिबाट नै दिइ सकेका छन्। उनले बनाएका सांसदको यिनीहरू दिल्लीमा आएर जाति र मुद्दा को होइन तर पैसोको कुरा गर्छन् भन्ने बयान सबैलाई ज्ञान भएकै हो।’
यसबाट शंखा पैदा भईरहेको छ कि भरखरै दिल्ली गएर उनले के कुरा गरे त?
बिमल गुरुङले यस किसिमको बयान दिएर श्रमिकहरूको बुई चढी राजनितिक रोटी सेक्ने प्रयास नगरेको उचित हो भन्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सदैव श्रमिकहरूको हक र अधिकारको निम्ति लढ्ने र जबसम्म श्रमिकहरूको हितमा उचित न्याय हुँदैन तबसम्म चुप लागेर नबस्ने भगोप्रमो खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामु बताएका छन्।